Rashtriya Dainik

संभावित क्षति रोक्न सरावलमा विपद व्यवस्थापनको पुर्व तयारी सुरु

उमेश बि.क / नवलपरासी , २९ जेठ 

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले संभावित क्षति रोक्न विपद व्यवस्थापनको पुर्व तयारी सुरु गरेको छ।

गाउँपालिकाकाे केही वडाहरु जोखिममा रहेको र तल्लो क्षेत्रका विभिन्न ठाउँमा बाढीको उच्च जोखिम रहेकाले बाढी, सर्पडन्स लगायत विभिन्न घटनाबाट हुने क्षति रोक्न विपद व्यवस्थापनको लागि पूर्व तयारी बैठक शनिबार सरावलमा सम्पन्न गरिएको हाे।

गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे अध्यक्षतामा भएको बैठकमा गाउँपालिका विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका पदाधिकारी, विभिन्न शाखा प्रतिनिधि, रेडक्रस प्रतिनिधि, पत्रकार लगायतको उपस्थितिमा सम्भावित बिपद एवम् पुर्व तयारीबारे छलफल तथा सुझाव संकलन कार्य गरिएको हाे।

आकस्मिक रुपमा आइपर्ने विपद न्यूनिकरणका उपाय, व्यवस्थापन, स्थानीय तहबाट संचालित कार्यक्रम, स्थानीय तहबाट गर्नुपर्ने पूर्व तयारी व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको थियाे।

बैठकले सरावल गाउँपालिकाकाे विपद पुर्व तयारी गर्ने सम्बन्धमा विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरुबाट प्राप्त सुझावहरु समेटेर अन्तिम रुप दिने र कार्यान्वयनमा लैजाने, प्राकृतिक तथा अप्राकृतिक विपदबाट हुन सक्ने सबै खाले जोखिमहरुलाई न्यूनीकरण गर्न र विपदको समयमा खोज, उद्धार तथा राहत र पुनर्लाभसम्बन्धी कार्य गर्न सम्बन्धित सबै निकायहरुले समन्वयात्मक रुपमा आवश्यक पुर्व तयारी गरी उपलब्ध श्रोत साधनको विवरण अद्यावधिक गरी चालु अवस्थामा राख्ने र आ–आफ्नो तहको पुर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी कार्यान्वयन गर्ने कुरामा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जाेड दिनुभएको थियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित