महेश यादव /नवलपरासी ,२८ जेष्ठ
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा संवाद केन्द्रहरुद्धारा मुठ्ठी दान कार्यक्रम सम्पन्न भएको छ ।
पाल्हिनन्दन गाउँपालिका वडा नम्बर १ र २ मा एबिसि नेपाल द्धारा सञ्चालित विशाल किशोरी संवाद केन्द्र र अादिशक्ति किशोरी संवाद केन्द्रद्धारा मुठ्ठी दान कार्यक्रम सम्पन्न भएको हाे ।
नयाँ भेरियन्ट सहितको काेराेना भाईरस समुदायमा तिब्ररुपले फैलिदै जादा सरकारले राेकथामकाे लागि गरेको निषेधाज्ञाका कारण ज्यालादारी गरेर छाक टार्दै अाएका गरिब तथा विपन्न घरपरिवारहरुलाई एक छाक टार्न समस्या भएपछि सहयोग गर्नका लागि विशाल किशोरी संवाद केन्द्रद्धारा मुठ्ठी दान कार्यक्रम सञ्चालन गरि सहयोग गरिएको सवादकि एनिमेटर प्रतिभा गुप्ताले बताउनुभएको हाे ।
साथै महामारीको कारण विभिन्न कलकारखाना तथा राेजगारिका स्राेतहरु बन्द भएपछि गरिबी रेखामुनि बसाेबास गरेका गरिब तथा विभिन्न परिवारहरुलाई भाेखाे पेट बस्ने नपराेस भनेर संवाद केन्द्रद्धारा मुठ्ठी दान कार्यक्रम सञ्चालन गरि सहयोग गर्ने अादिशक्ति किशोरी संवाद केन्द्रकि एनिमेटर मिना कुमारी केवटले बताउनुभयाे ।
कार्यक्रम एबिसि नेपालका सुपरभाइजर राजमन बरई , भाेलेन्टियर बन्दना चाैधरी , स्थानीय बासि र संवाद केन्द्रका किशोरीहरुकाे साथ सहयोगमा सम्पन्न भएको हाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

