उमेश बि.क/नवलपरासी , २८ जेठ
फोहोरमैला व्यवस्थापनमा अग्रस्थानमा रहेर कार्य गर्ने सरसफाईकर्मीलाई पश्चिम नवलपरासीमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ ।
रामग्राम नगरपालिका वडा नम्बर ३ मा शुक्रबार लक्ष्मी नारायाण टोल विकास संस्थाले वडामा सफाईका निमित्त खटिने कर्मचारीहरुलाई मास्क, सेनिटाइजनर, ह्यान्ड ग्लोभ्स, सावुन लगायतका सामाग्री सामग्री प्रदान गरिएको हो ।
निषेधाज्ञाको समयमा पनि स्वास्थ्य सामाग्री प्रयोग नगरि काम गरेको देखेपछि टोल विकास संस्थाले सहयोग गरेको अध्यक्ष विकास घिमिरेले बताउनुभयो । यो एउटा सानो सहयोग भएपनि समाजमा सकारात्मक सन्देश प्रवाह होस भन्ने हेतुले वितरण गरिएको बताउदै फोहोरमैला व्यवस्थापनको काम अत्यन्त संवेदनशील हुने भएकाले यसप्रति सम्बन्धित सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएका हुन।

सरसफाईकर्मीलाई रामग्राम नगर कार्यपालिका सदस्य सुनिता श्रेष्ठले शुक्रबार स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । सामाग्री बुझेर खुशी भएका सरसफाईकर्मीले संस्था प्रति आभार व्यक्त गरेका थिए । सो अवसरमा संस्थाका सचिव गणेश राज रेग्मी, बरिष्ठ सल्लाहकार दिल बहादुर प्रधान लगायतको उपस्थीती रहेको थियो ।

स्वास्थ्य सामग्री लिदै सरसफाईकर्मी खुशी हुदै कोरोना महामारीको जोखिमका बेला गरिएको सहयोगले अाफुहरुलाई राहत पुगेकाे बताएका हुन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

