Rashtriya Dainik

मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार सुरु

३ बर्ष अगाडि अभिनय कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परेर गम्भिर घाइते भएकी मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार सुरु भएको छ । घाइते भए लगतै निशाको उपचार भारतमा भैरहेको थियो ।

तर, उनको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण भारतमा उपचार हुन सकेन र उनको परिवारले उनलाई नेपाल ल्याएर उपचार सुरु गरेको थियो । काठमाडौंको ट्रमा सेन्टरमा ३ महिना उपचार भएपनि उनको अवस्था सुधार हुन सकेन । यसपछि, डाक्टरहरुको सल्लामा उनको विभिन्न थेरापी सेन्टरमा थेरापी पनि चलिरहेको थियो ।

एकातिर आर्थिक अवस्था कमजोर हुनु र अर्कोतिर कोरोना संक्रमण बढ्नु, उनको परिवारले उनलाई घरमै ल्यायो । अर्धचेत अवस्थामा घरमै रहेकी निशाको शरीर सुक्दै गएको थियो ।

उनै, निशाको सामाजिक संजालमा तस्वीहरु सार्वजनिक हुन थालेपछि नर्भिक अस्पतालमा उपचार सुरु गरिएको छ । नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले उनको उद्दारमा पहल गरेकी हुन् ।

निशाको नशामा समस्या देखिएको डाक्टरहरुले बताएका छन् । उनको अवस्थामा धेरै सुधार हुने अपेक्षा गरिएको छ । निशाले एक भोजपुरी चलचित्र, केही नेपाली सिरियल र म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित