Rashtriya Dainik

कोरोनाबाट मुक्तिको कामना गर्दै पश्चिम नवलपरासीकाे सरावलमा ९ दिन पुजापाठ

दोस्रो लहरको नयाँ भेरियन्टसहितको कोरोना भाईरस सङ्क्रमणको महामारी तीव्र रुपमा फैलिदै गएपछि कोरोनाभाइरसबाट मुक्तिको कामना गर्दै पश्चिम नवलपरासीमा ९ दिनसम्म पुजापाठ गरिएको छ ।

सरावल गाउँपालिका ३ सरावल स्थित कालिका मन्दिर सहित जिल्लाका विशेषगरी दक्षिणी क्षेत्रका गाउँगाउँमा धाार्मिक स्थलहरुमा कोरोना नियन्त्रणको कामना गर्दै दैनिक पूजापाठ र प्रार्थना भईरहेको छ ।

विगत एक हप्तादेखि गाउँका महिलाहरुले कोरोनाबाट मुक्ति मिलोस् भन्दै दैनिक विहान र साँझ उदाउँदो र अस्ताउँदो सुर्यलाई अर्घ दिईरहेको सरावल ३ का नर बहादुर बि.क ले राष्ट्रिय दैनिकलाई बताउनुभयो । पूजापाठ गर्दा कोरोना महामारी लगायत रोगव्याधीबाट मुक्त भईन्छ भन्ने धार्मिक विश्वास रहेको उहाँले बताउनुभयो ।

देवीदेउतामा शक्ति भएकोले भगवानको आर्शीवादले कोरोना भगाउन सकिन्छ भनेर पुजा गर्दै आएको स्थानीयले बताएका छन ।

“कोरोनाले धेरै सतायो, हामीले यो संसार नै छोडेर जा कोरोना भन्दै प्रार्थना गरेका छौँ”, स्थानीय महिलाले भने। ९ दिन सुर्यको पुजापछि मन्दिरमा धार्मिक विधिबाट पुजापाठ गरिएको स्थानीयले बताए ।

“कोरोनाका कारण धेरैले ज्यान गुमाउनुपरेको छ, कतिले राम्रो उपचार पाउन नसकेर छट्पट्याईरहेका छन्, दैनिक जीवन नै अस्तव्यस्त भएको छ, यसले गर्दा हामीले मुक्तिको लागि प्रार्थना गरिरहेकाे बताए ।

कोरोनाबाट सबै नेपालीले मुक्ति पाउन भनेर प्रार्थना गरिरहेको बताइएको छ । अन्य समयमा पानी नपर्दा पनि यसरी नै पुजा प्रार्थना गर्दा मागेको पूरा हुने गरेको विश्वासले अहिले कोरोना पनि हट्ने भन्दै मानिसहरु पुजापाठमा लागेको स्थानीयबासि बताएका हुन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित