Rashtriya Dainik

सरावलमा माहुरी पालक किसानहरुलाई माहुरीकाे घार बितरण

महेश यादव/ नवलपरासी ,२७ जेष्ठ

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकामा माहुरी पालक किसानहरुलाई माहुरीकाे घार बितरण गरिएको छ ।

सरावल गाउँपालिका भित्रका माहुरी पालक किसानहरुलाई माहुरी पालन गर्नकाे लागि माहुरीकाे घार वितरण गरिएको छ

मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्तरगत सरावल गाउँपालिका भित्रका माहुरी पालक किसानहरुलाई ५० प्रतिशत अनुदानमा माहुरीकाे घार वितरण गरिएको हाे । गाउँपालिका भित्रीका माहुरी पालक किसानहरुलाई करिब ५० वटा माहुरीकाे घार वितरण गरिएको कृषि शाखा प्रमुख कुलदिप मिश्रले राष्ट्रिय दैनिकलाई जानकारी दिए ।

सरावल गाउँपालिकाले कृषि क्षेत्रमा किसानहरुलाई अात्मनिर्भर बनाई ब्यावसायिक र अाधुनिकरण कृषि क्षेत्र तर्फ किसानहरुलाई जागरुक गराई माहुरी पालक किसानहरुलाई माहुरी पालनमा सुबिधा युक्त तरिका बाट मह उत्पादन गर्नका लागि किसानहरुलाई माहुरीकाे घार बितरण गरिएको गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले बताए ।

सरावल गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पाैडेल र पालिका भित्रका माहुरी पालक किसानहरुकाे उपस्थितिमा माहुरी पालक किसानहरुलाई माहुरीकाे घार बितरण गरिएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित