उमेश बि.क / नवलपरासी ,२६ जेठ
नवलपरासीको सरावल गाउँपालिका बाढी डुवान क्षेत्रका किसानलाई मध्येनजर गर्दै कृषि उपकरण वितरण गरेको छ ।
सरावल गाउँपालिका वडा नम्बर ६ रामपुरखडौनामा बाढी डुवान क्षेत्रलाई विशेष प्राथमिकतामा राखि हिउँदेबालीलाई लक्षित गरि कृषि उत्पादनमा वृद्धि गर्नको लागि उपकरण हस्तान्तरण गरिएको हाे

प्रधानमन्त्री कृषि आधुनिकिरण पिरियोजना अन्तर्गत सरावलमा ५० प्रतिशत अनुदानमा गहु ल्बकमा ५५ वटा पम्पसेट, ४ वटा मिनि टिलर, एउटा पावर टिलर हेन्डटेक्टर, ५ वटा मोटर, ३५ वटा त्रिपाल, ३५ वटा सिडविन, १ वटा डिजिटल काटा र ११ वटा बोरिङ साथै विभिन्न कृषि उपकरणहरु बितरण गरिएको हो ।
कृषि उपकरण हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले किसानहरुलाई कृषि यन्त्रसहित नयाँ आधुनिकिकरणमा लैजानु पर्ने आवश्यक रहेको बताए । किसानहरुले यो कृषि औजारहरुबाट हिउँदेबाली गर्न सजिलो हुने बताए । पम्पसेटबाट धान, गहुँ, तथा तरकारीखेती लगायत अन्य खेती गरी जीविकोपार्जन गर्न सकिने भएकोले पालिकाले अन्य दिनहरुमा पनि साथ र सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कृषि उपकरण लिदै किसानहरु खुशि ब्यक्त गर्दै गरेका हुन ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

