उमेश दुबे/ पर्सा, २६ जेष्ठ र्साको अलौ नाकाबाट सशस्त्र प्रहरीले तस्करी कार्य तिब्र रूपले अगाडी बढाएको पाइन्छ । मासिक लाखौ रूपैया बुझे पश्चात् सशस्त्र प्रहरी बल नेपालले तस्करी कार्य तिब्र रूपले अगाडी बढाएको पाइएको हो । पर्साको अलौ नाकाबाट तस्करी सुरू गर्न अगाडी तस्कर संगठनले मासिक १० लाख रूपैया बोर्डर आउट पोस्ट अलौका प्रमुख इश्वर अधिकारीलाई दिए पश्चात् तस्करी कार्य सुचारू भएको बुझिन्छ । अलौ नाका हुँदै अबैध तरिकाले कपडा, हार्डवेयर र नेपालबाट भारत केराउ समेतको तस्करी हुने गरेको छ । तस्करी गर्नको निम्ति तस्कर संगठनले स्थानिय बोर्डर आउट पोस्ट अलौका प्रमुखलाइ नै गण नम्बर १३ का प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका, स्कवाड टोलि लगायतको नाममा मासिक १० लाख रूपैया बुझेको आरोप लगाए । यस बिषयमा बोर्डर आउट अलौका प्रमुख सशस्त्र प्रहरी निरीक्षक इश्वर अधिकारी सङ्ग बुझदा सम्पर्कमा आउन चाहेन्न
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

