Rashtriya Dainik

शसस्त्र प्रहरी कृष्णनगर द्वारा अवैध सामान बरामद

प्रिन्स मिश्रा / कृष्णनगर कपिलवस्तु ।

बोर्डर आउट पोस्ट कृष्णनगरले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध सामान नियन्त्रणमा लिएको छ ।

बोर्डर आउट पोस्ट कृष्णनगरबाट शसस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको कमांडमा खटिएको गस्ती टोलीले बुधबार ठूलो परिमाणमा कपडा (टिसर्ट) बरामद गरेको बोर्डर आउट पोस्ट कृष्णनगरले जनाएको छ ।

कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मिनगर स्थित भारतबाट अवैध रुपमा नेपाल भित्राउदै गरेको १ लाख सात हजार बराबरको १९९ पिस टिसर्ट बरामद गरेको हो । अबैध टिसर्ट बरामद गरि कृष्णनगर भन्सार पठाएको बोर्डर आउट पोस्ट कृष्णनगरले जानकारी दिएको छ । आफूहरु अवैध कृयाक्लाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको शसस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यले जानकारी दिनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित