दिपेन्द्र खत्री अर्घाखाँची ।
विभिन्न अंलाईन पत्रिका तथा टेलिभिजन रिपोटर एवम् कुशल कार्यक्रम संचालक साथै ए वान एचडि डिजिटल स्टुडियो सञ्चालक अर्घाखाँचीका सुजन न्यौपाने नेपाल, अमेरिका र भारतबाट वरिष्ठ फोटोग्राफरहरूको निर्णायक मण्डल कप्पल फोटो प्रतियोगिताको लागि गुल्मी संयोजक को रुपमा चयन भयका छन ।
१८२औं विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजना गर्न लागेको कप्पल फोटो प्रतियोगिताको लागि गुल्मि जिल्लाको संयोजकमा सुजन न्यौपाने चयन भएका हुन ।फोटोग्राफीको क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको फोटो पसल प्रा लि ले आयोजना गर्न लागेको उक्त प्रतियोगिताको लागि पत्रकार न्यौपाने चयन भएका हुन
विद्यालय जीवन देखि नै फोटोग्राफीमा रूचि राख्ने सुजन हाल मिहेनेती फोटोग्राफरको रुपमा चिनिदै आएका छन । फोटोग्राफीको विषयमा चाख पूर्वक जान्ने इच्छन राख्ने न्यौपानेले गत वर्ष आयोजना गरिएको कोभिड १९ प्रतियोगितामा पनि प्रत्यक्ष सहभागी जनाएका थिए ।
सुजनले फोटो पसलको स्वरोजगार मुलक एनलाइ फोटोग्राफी कक्षामा पनि पूर्ण सहभागिता जनाएको फोटो पसलले जानकारी दिएको छ । उनले भने, ‘विश्व फोटो दिवसको अवसरमा हुने प्रतियोगिता एवं यस कार्यक्रमको प्रचार प्रसारमा सहयोग गर्न लगाएत गुल्मि जिल्लाका फोटोग्राफरहरूको समस्या, सम्मान एवं सीपमा टेवा पुर्याउन काम गर्ने छु ।’
प्रतियोगिता मुल आयोजक समितिका संयोजक तथा फोटो पसलका निर्देशक हरि पाण्डेले आगामी दिनमा फोटो पसलललाई उहाँजस्ता जुझारु फोटो ग्राफरहरुको खाँचो रहेको बताए । उनले देशभरबाट जिल्ला संयोजक चयन गरेर वयावसयिक फोटोग्राफीमा जोड दिने जानकारी गराए ।
यस प्रतियोगितामा दक्षिण नेपाल, अमेरिका र भारतबाट वरिष्ठ फोटोग्राफरहरूको निर्णायक मण्डल चयन गरिएको छ ।’
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

