Rashtriya Dainik

बत्तिका लाइनहरुमा अंकुस लगाई, बत्ति चोरी गरिदिउ न (कविता)

मनोज लामिछाने
२५, जेठ २०७८

बत्तिका लाइनहरुमा अंकुस लगाई, बत्ति चोरी गरिदिउ न (कविता)

सार्बजनिक सडकमा पान, गुट्खा, चुरोटका ठुटा,

प्लास्टिका टुक्रा, फोहर बस्तुहरु फालिदिउ न,

कसैले सोधे भने,सरि भनि दिउ न l

सार्बजनिक चोक अनि गल्लीहरुमा,

जमघट अनि हो हल्ला गरिदिउ न,

मध्यरातमा लाउड स्पिकर बजाएर,

नाचगान पनि गरिदिउन, कसैले सोधे भने,

जन्म दिवस हो भनि दिउ न l

पैसा तिरी अर्काको बारी, बगैचामा लगाएको फुलहरु,

कसैले नदेखने गरि टिपी दिउन,कसैले सोधे भने,

देउतालाई हो भनि दिउ न l

मन्दिरमा जादा देउतालाई चढाएका,

फलफुल अनि भेटीहरु सुटुक झोलामा हालौं न,

कसैले सोधे भने,

प्रसाद लिएको हो भनि दिउ न l

बत्तिका लाइनहरुमा अंकुस लगाई, बत्ति चोरी गरिदिउ न,

अर्काको घरमा अँधेरो बनाई,

आफ्नो घर उज्यालो बनाइदिउन्,

कसैले सोधे भने,

पहिला उसले गरेको हो भनि दिउ नl

गाई भैंसी तथा कुकुरहरुलाई जथाभाबी छोदिदिउ न,

आफ्नो कुकुरलाई अर्काको घर अगाडी अनि,

सार्बजनिक स्थानमा सौच गराइदिउ न,

कसैले सोध्यो भने,

पशु अधिकारको कुरा गरि दिउ न l

सरकारले निर्माण गर्न राखेका निर्माण सामाग्रीहरु,

कसैले नद्खने गरि आफ्नो घरमा ओसारौ न,

कसैले सोधे भने,

भान्छाको सानो प्वाल टाल्नु छ भनिदिउ न।

भोज भतेरमा जादा सम्भ्रान्तको नाटक गरिदिउ न,

घरमा एक क्वाटर ठर्रा पिउन दश चोटी सोचनु पर्नेले,

सित्तैमा ब्रान्ड मदिरा पिउदाबोतल नै पीइदिउ न,

कसैले किन धेरै पिएको भनि सोधे भने,

साथीहरुले जबर्जस्ती पिलायो भनि दिउ नl

एकछाकका लागि अनुनय गरेका असहायहरुलाई,

गालि, गलोज गरि ढोकैबाट भगाई दिउ न,

होटल तथा रेस्टुरेन्टमा जादा हजारौं खर्च गरिदिउ न,

कसैलेसोधे भने,

मेरो स्तर मिल्दैन भनि दिउ नl

चिल्ला सडकहरुलाई जथाभाबी खनेर खाल्टो पारिदिउ न,

सार्बजनीक स्थानका बार अनि साम्प्रदायिक बस्तुहरु,

सबै भत्काई दिउन, कसैले सोधे भने,

हाम्रो आन्दोलन छ भनि दीउ न l

सार्बजनिक समारोहमा जादा सम्भ्रान्तको नाटक गरिदिउ न,

आफ्नो स्वार्थ अनुसार मर्यादा हुने नदेखे,

फोन आयो भनि सुटुक्क निस्कौं न,

कसैले सोधे भने,

मलाई फुर्सदै हुदैन भनि दिउ न l

सबैकुरा भत्ताभुंग गरि दिउ न,

कसैले किन यसो गरेको भनि सोधे भने,

सरकारले केहिपनि गरेन भनिदिउ न l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित