Rashtriya Dainik

जेसी आई नेपालद्वारा हेटौंडा ७ मनहरीमा रहेका बोटे बस्तीमा निशुल्क खाद्यान्न वितरण

जेसी आई नेपाल बर्श २०२१ ले कोभिड १९ को महामारीले खाधन्न समस्या भोगी रहेका हेटौंडा ७ मनहरीमा रहेका बोटे बस्तीमा निशुल्क खाद्यान्न वितरण गरेको छ।

जेसी आई नेपालका रास्ट्रीय अध्यक्ष सिनेटर अरुनेश्वरको अध्यक्षता एवं नेपाल प्रहरीका पुर्व महानिरिक्षल सर्बेन्द्र खनालको प्रमुख अातिथ्यतामा एवं नेपाल जेसीका पदाधिकारी खेत्रक्का शाखा अध्यक्षहरु एवं अन्य विशिष्ट ब्यक्तित्वको उपस्थितिमा खाद्यान्न वितरण गरेको हाे।

हेटौंडा ७ मनहरीमा रहेका बोटे बस्तीमा ४८ घर धुरिलाई चामल , दाल , नुन जस्ता खाद्य बस्तुहरु वितरण गरीएको जेसि भाेजराज चापागाईंले जानकारी दिनुभएको हाे।

बिभिन्न संघसंस्थाको सहयोगमा जमा गरिएको सामग्री जेसी आई नेपालकाे सक्रियतामा वितरण गरिएको जेसि चापागाईंले जानकारी दिनुभएको हाे।

खाद्यान्न सामाग्री वितरण गर्दै रास्ट्रीय अध्यक्षले
अरुनेश्वरले सहयोगी हातहरुलाई हार्दिक अभार ब्यक्त गर्नुभएको थियाे। आगामी दिनमा समेत बिभिन्न संघसंस्थाको समन्वयमा मानव सेवाका अभियान निरन्तर सन्चाल्न गर्ने जानकारी दिनुभएको छ।

साथै यश महामारिको समयमा जेसिआई नेपाल बर्श २०२१ Covid 19 को दोस्रो भेरियन्टको महामरिमा साखा मार्फत स्वास्थ सामागी बितरन, निशुल्क एम्बुलेन्स सेवा एवं अक्सिजन ग्यास हस्तान्तरण अभियान देशै भर सन्चालन गरि मानब सेवामा समर्पित बिभन्न कार्यक्रम सन्चालन गरिएको जानकारी दिनुभएको हाे।

जेसी आई नेपालका राष्ट्रिय अध्यक्ष सिनेटर अरुनेश्वर खनालले १०१ थान सिलिन्डर ग्यास हेटौंडा अस्पताललाई हस्तान्तर समेत गर्नु भएको छ।

कोभिडको महामारिमा अक्सिजन अभावले कैयौँ मानिसले मृत्यु बरण समेत गर्नु भएको छ। त्यसैले मानबिय असवधानि एवं बनजंगलको फडानी औधोकिकरणले वातावरण बिनास भएकोले भबिस्यमा प्राकृतिक अक्सिजन ग्यासको कमि नहोस भनी यो एक सदस्य एवं एक रुख अभियान सन्चाल्न गरेको रास्ट्रीय अध्यक्ष सिनेटर अरुनेस्वर खनाले जनाउनु भयो।

सबै शाखा एवं सदस्यहरुले यो अभियान सम्पन्न गर्नु भएकोमा सामुदायिक छेत्रका रास्ट्रीय कार्यकारिणी उपाध्यक्ष जेसी भोजराज चापागाईंले यो अभियान भ्यकोले बिरुवा रोप्ने र संरक्षकण गर्ने अभियान निरन्तर सन्चालन हुने जानकारी गराउनु भयो । यो अभियानमा समर्पित सबै साखा अध्यक्ष एवं सदस्यहरुलाई धन्यवाद दिनु भएको हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित