आन्दोलनकाे भरमा चल्ने सरकार छ मेराे देशमा
राजनीतिक अखण्डता बनाई जन्ता मार्ने नियम जस्तो बनेकाे छ,मेराे देशमा
वैज्ञानिक समाजवादी व्यवस्थामा अल्झिरहेकाे मेराे देश
रास्ट्रवाद ,समाजवादको खाेक्रा भाषण मात्र सन्न पाईन्छ मेराे देशमा
लाेकतन्त्र अायाे गणतन्त्र अाएकाे मेराे देशमा
न सकिन्छ गर्न व्यापार न राेजगार छ मेराे देशमा
सिङ्गो देश निर्माण गर्न खै कसरी तयार हुन्छन्
हिज अाज भित्र भित्र बलात्कार र करणी छ मेराे देशमा
रेमिटेन्सले चलेकाे याे देशमा युवाहरु बिदेश तिर
बस कारण यतिनै हाे बेरोजगारी छ मेराे देशमा
कहिले बन्ला नयाँ नेपाल हेर्ने प्रतिक्षामा छन् नेपाली
कति सुन्नु खाेक्रा भाषण मात्र दिक्कार छ,मेराे देश भनी गर्व गर्न
शव्द सिर्जना
नाम : मनिषा पाण्डे
मालारानी -०१ चाैरी अर्घाखाँची
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

