उमेश बि.क / नवलपरासी ,२५ जेठ
सरावल गाउँपालिकामा मंगलबार देखी ३ दिन सम्म कोरोना विरुद्धको खोप लगाईने भएको छ । पालिका भित्रका ६२ देखी ६४ बर्ष सम्मका जेष्ठ नागरीकरुलाई खोप लगाईने स्वास्थ्यशाखा प्रमुख अाेम नरायण देवकोटाले जानकारी दिनुभएको छ ।
यो खोप यस अघि खोप नलगाएका हरुका लागि पहिलो डोजको रुपमा लगाईने भएकोले उललेखित उमेर समुहका नागरिकहरुले आफ्नो नागरिकता वा मतदाता नामावली परिचय पत्र साथमा लिएर जानका लागि आग्रह गरिएको छ ।

पालिकाले दुई स्थानबाट खोप लगाउने ब्यबस्था मिलाएको छ । वडा नम्बर २ ,३ का लागि २५ गते सरावल स्वास्थ्यचाैकी सरावल र वडा नम्बर ६,७ कासबैकाे लागि रामपुर खडाैना स्वास्थ्य चौकीमा खाेप लगाउन जानुपर्ने छ । त्यस्तै २६ गते वडा नम्बर १ अन्तर्गतका सबै र वडा नम्बर ४ अन्तर्गतका हात्तिवन ,पुर्नहा ,गाेबरहिया सरावल स्वास्थ्यचाैकीमा तथा वडा नम्बर ५ अन्तर्गतका सबै र वडा नम्बर ४ अन्तर्गतका छुटेकाे टाेल रामपुर खडाैना स्वास्थ्य चौकीमा जानुपर्ने छ ।
त्यस्तै २५ र २६ गते उल्लेखित स्थानमा छुटेका ब्यक्ति २७ गते सरावल स्वास्थ्यचाैकी सरावल र रामपुर खडाैना स्वास्थ्य चौकीमा सम्पर्क गरि खाेप लगाउन गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले अाग्रह गर्नुभएको छ।
खोप विहान १० बजे देखी दिउसो ४ बजे सम्म लगाइने भएकोले सोही अनुसार उपस्थित भएर खोप लगाउन प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेलले आग्रह गर्नुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

