वीरगंज / २४ जेष्ठ।
वीरगंजमा जारी निषेधाज्ञाले प्रभावित भई अलपत्र परेका यात्रु, सडकका पेटीमा जिवनयापन गर्ने व्यक्ति लगाएत अस्पतालमा बिरामीका कुरुवाहरुलाई समेत नेपाल वारियर टीम वीरगंजले खाना पुर्याइ रहेका छन। सेवाभावको कार्यमा लागेका टिमले हरघरी आवश्यक परेको ब्यक्तिका फोनको प्रतीक्षामा हूने गर्छ। “याे ठाउँमा खानाको आवश्यक छ” भनि फोनले गराएको जानकारीले हामीलाई एउटा खुशी दिलाउनुको साथै मनोबल बढाउने काम गर्द छ र यो खाना अभियान निरन्तर जारी रहने छ, नेपाल वारियर टीम वीरगंजले जनाए। नेपाल वारियर टीमका संचालक सागर सरार्फ,राज सोनी, सलाउँदिन आलम र जे अखिल अलि मियाँ रहेका छन। निरतन्तर २० दिन देखी जारी रहेको खाना अभियान निरन्तर जारी रहने र आवश्यक परेको व्यक्तिले मो न ९८०७२८२९६८ र ९८१४२३०४१० मा सम्पर्क गर्न टीमले बताए। निशुल्क खाना अभियानमा दैनिक नारायणी हस्पिटल, गण्डक, बसपार्क, रानीघाट,मेडिकल, लक्षमानवा भूटनदेवी, शंकराचार्य लागाएतका ठाउँमा टिमले निशुल्क सेवा दिँदै आइरहेको नेपाल वारियर टीमका संचालक सागर सरार्फले जानकारी गराए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

