Rashtriya Dainik

सुर्खेतको राउटे बस्ती प्रहरीको कब्जामा, गैह्रराउटेलाई प्रवेश निषेध

काठमाडौं । सुर्खेतमा एक राउटे युवतीमाथि भएको दुृव्र्यवहारमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेपछि राउटे बस्तीमा असुरक्षा बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले गैरराउटे कुनै पनि व्यक्तिलाई राउटे बस्तीमा प्रवेश गर्नमा प्रतिबन्ध लगाएको छ । 

राउटे बस्तीमा कसैलाई आउजाउ गर्न रोक लगाउने उद्देश्यले २२ जना प्रहरी खटाए राउटे बस्ती शिल गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । 

त्यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले कुनै पनि व्यक्तिहरुलाई राउटे समुदायमा प्रवेश गर्न  नदिन बस्ती सिल गरिएको पुष्टि गरे । राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् । 

बस्तीमा थप घटना हुन नदिन बस्ती सिलनै गर्नु परेको प्रहरीले जनाएको छ । केही दिनअघि राउटे युवतीलाई मदिरा सेवन गराएर होटलमा लगी यौन दुर्व्यवहार भएको घटना बाहिरिएको थियो ।

सो घटनाको चौतर्फी विरोध हुनुका साथै दोषीमाथि कडा कारबाहीको माग भएको छ । 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित