बझाङ : २४ जेष्ठ
विश्व कोरोना भाईरस कोभिड १९ द्रोसो भेरियन्टल बझाङमा पनि महामारीका रुपमा फैलिए पछि जिल्लामा अक्सिजन र अन्य स्वास्थ्य सामाग्रीको अभाब भैरहेको समयमा नेपाली काँग्रेशका नेता तथा पूर्व जिल्ला सभापति पृथ्बी बहादुर सिंह को समन्वय मा जिल्ला अस्पताल बझाङमा आर्थिक सहयोग गरेका छन।
समाजसेबी नेता सिुंह ले बझाङ्गी जनताहरुले यो महामारीको समयमा भोग्दै आएका समस्या र अक्सिजनको कमी र बिभिन्न स्वास्थ्य सामाग्रीको अभाबमा अकालमै ज्यान गुमाउनु पर्ने भए पछि नेपाली कांग्रेस का नेता सिंहले अस्ट्रेलिया बस्दै आएका पराेपकारीमन भएका सुदुरपश्चिमेली समाज अस्ट्रेलिया का अध्यक्ष तथा भिमदत्त नगरपालिका महेन्द्रनगर बस्नुहुने समाजसेवी माेहनदेव भट्टले याे विषम परिस्थिति लाई मध्येनजर राखी आर्थिक सहयाेग गरेका हुन् । सुदुरपश्चिमका विभिन्न स्वास्थ्य संस्थालाई सहयाेग गर्दै आउनु भएका भट्ट बझाङ जस्ताे बिकट जिल्लामा पनि केही समस्याहरूलाई समाधान गर्न सहज हाेस् भनेर ३८ हजार सहयाेग गरेकाे बताईएकाे छ । बझाङ र बझाङ्गी जनताका पिरमर्कालाई आत्मसाथ गरेर सबै समाजसेवी तथा बाैद्धिक बर्गले आआफ्नाे तहतप्काबाट एकजुट भई समग्र जिल्ला बिकासमा सहयाेग गर्न आग्रह गर्दै नेता सिंहले आगामी दिनमा पनि आफु बझाङ्गी जनताकाे सुख दुखकाे साथी बनेर समस्यालाई उजागर गरेर अधि बढ्ने प्रतिद्धता पनि जनाउनु भएकाे छ ।
आफु बचाैं अरूलाई पनि बचाअाैँ
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

