उमेश बि.क / नवलपरासी , २४ जेठ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाद्वारा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ ।
किसानहरुको सिचाईको व्यवस्था तथा कृषि क्षेत्रलाई व्यावसायीकरण र आधुनिकीकरण गर्नका लागि गाउँपालिकाले कृषि उपकरण वितरण गरेको हो ।
गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत २२ थान पम्पसेट र ४५ थान मोटर वितरण गर्ने योजना अनुसार आज पहिलो चरणमा ८ वटा पम्पसेट र २६ थान मोटर वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख कुलदीप मिश्रले जानकारी दिनुभएको हाे । साथै बाँकी केही दिनमा वितरण गरिने उहाँले बताउनुभयो ।

कृषि उपकरण हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले किसानहरुलाई कृषि यन्त्रसहित नयाँ आधुनिकिकरणमा लैजानु पर्ने आवश्यक रहेको बताउनु भयाे । किसानहरुले यो कृषि औजारहरुबाट १० देखि २० विगहा जमिन खेति गर्न सकिने बताउदै यसबाट उत्पादन र उत्पादकत्व वृद्धि भई कृषि उपजमा आत्मनिर्भर बन्न सहयोग पुग्ने उहाँले बताउनुभयो । पम्पसेटबाट धान, गहुँ तथा माेटरबाट तरकारीखेती लगायत अन्य खेती गरी जीविकोपार्जन गर्न सकिने भएकोले पालिकाले अन्य दिनहरुमा पनि साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको हाे।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले कृषकहरुलाई कम लागतमा बढी भन्दा बढी उत्पादन गर्न सहयोग गर्ने उद्देश्यले कृषि उपकरण वितरण गरिएको बताउदै परम्परागत र निर्वाहमुखि खेति प्रणालीले कृषिको विकास नहुने भएकोले कृषकहरुलाई आधुनिक र व्यवसायिक कृषिमा प्रोत्साहन गर्न कृषि उपकरण आवश्यक रहेको बताउनुभयो ।
गाउँपालिकाको चालु आवको वार्षिक कार्यक्रम सिँचाई उपकरणमा पचास प्रतिशत अनुदान र प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गतको पचास प्रतिशत अनुदानमा गाउँपालिकाका कृषकहरुलाई कृषि उपकरण वितरण गरिएको हाे।

पम्पसेट र माेटर लिदै किसानहरु खुशि ब्यक्त गर्दै सिंचाईको समस्यामा रहेका सबै कृषकहरुलाई यस्तै सहयोग गाउँपालिकाले गरे झन राम्रो हुने बताएका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

