Rashtriya Dainik

प्रतिबन्धित लागू औषद गाँजा ४९ किलो सहित तीनजना पक्राउ।

सोमबार, जेठ २४, २०७८

वीरगन्ज
बारा प्रहरीले ४९ किलो प्रतिबन्धित लागू औषद गाँजा सहित तीनजनालाई पक्राउ गरेको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले ४९ किलो गाँजा सहित तीनजनालाई सोमबार पक्राउ गरेको हो । बाराको महागढीमाई नगरपालिका वडा नं.–२ इनर्वा चोक स्थितमा बरियारपुरतर्फबाट तेलकुवातर्फ गइरहेको ना २ ह ६१०६ नम्बरको कलो रंगको अटो तथा नम्बर नखुलेको पल्सर मोटरसाइकल समेतमा आएका व्यक्तिहरूलाई चेकजाँच गर्दा उनीहरूले बिक्री वितरणको लागि अटोमा लुकाई छिपाई ल्याएको ४९ किलो ९७ ग्रामको पोका अवैध लागू औषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ औराहा टोल बस्ने वर्ष ३९ को अमिरका पासवान (मोटरसाईकल चालक), सोही स्थानका वर्ष ५६ को रमेश चौधरी (अटो चालक) र वर्ष ३७ को राज कुमार ठाकुर (अटोमा सवार) लाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्राले बताए ।उनीहरुको साथबाट बरामद अवैध लागू औषध गाँजा ४९ किलो ग्राम (७ पोका) ना २ ह ६१०६ नम्बरको अटो १ थान, मोटरसाइकल पल्सर एकथान सहित सहित अभियुक्तहरूलाई लागू औषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मिश्राले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित