Rashtriya Dainik

ईन्द्रेणी समाजिक बिकास मञ्चद्वारा स्वास्थ्य समाग्री सहयोग

कोरोना भाइरस कोभिड १९ को दोस्रो भेरियन्टले नवलपरासी सहित देशैभर प्रभाव पारिरहँदा नवलपरासी पश्चिमका स्वास्थ्य संस्था तथा पालिकाद्धारा सञ्चालित आइशोलेसनमा जिल्लाका विभिन्न संघ सस्थाहरुले स्वास्थ्य समाग्री सहयोग गरिहेका छन । यसैबीच, पश्चिम नवलपरासीको ईन्द्रेणी समाजिक बिकास मञ्च पञ्चनगर र फेयरमेडको साझेदारीमा जिल्लामा सञ्चालित आधारभुत स्वास्थ्य परियोजनाले सोमबार शहिद स्मृती सामुदायिक अस्पताल बर्दघाट १२ चौपत्तालाई पहिलाे चरणमा स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ । सो अवसरमा परियोजनाले पल्स अक्सामिटर ४ पिस, सर्जिकल मास्क ३ सय पिस, एन ९० मास्क ६ पिस, ग्लोब्स ३ सेट, फेस शिल्ड २० पिस, सुज कभर २० सेट, सेनिटाइजर, सरसफाईका लागी किटनाशक औषधी लगाएतका स्वास्थ्य समाग्री अस्पतालका अध्यक्ष निमानन्द न्यौपानेलेलाई मञ्चका लेखा प्रमुख रविन्द्र सापकोटाले हस्तान्तरण गर्नुभएको थियो । सापकोटाले जिल्लाका विभिन्न अस्तापाल र आइशोलेसनहरुमा करिब २ लाख बराबरको स्वास्थ्य समाग्री वितरण गर्ने लक्ष्य अनुसार सो समाग्री वितरण गरिएको बताउनुभयो । सो अवसरमा यस महामारीको विषम परिस्थितीमा सहयोग गर्नुहुने सँस्था तथा विभिन्न सहयोगदाताहरुलाई धन्यबादज्ञापन गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा रहेको अस्पतालका अध्यक्ष न्यौपानेले बताउनुभएको थियो । परियोजनाले आगामी दिनमा कोभिड प्रभावित अति विपन्न परिवार, जेष्ठ नागरिक, अशक्त, असहाय तथा लकडाउनबाट प्रभावित भएकाहरुलाई लक्षित गरि खाद्य समाग्री वितरण गर्ने योजनाका साथ तयारी भइरहेको मञ्चका अध्यक्ष बद्रि प्रसाद सुवेदीले जानकारी दिनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित