Rashtriya Dainik

फेक इमेल मार्फत भ्रम फैलाउँदै पप्पु कन्स्ट्रक्सन

वीरगञ्ज, २४ जेठ । ठेक्का सकार गरेर समय काम नसकाउने, गुणस्तरहीन काम गर्ने लगायत कुराका लागि बद्नाम पप्पु कन्स्ट्रक्सनले भ्रम फैलाउने काम पनि सुरु गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २० अपौनी र हरपतगञ्जका बासिन्दाले पप्पु कन्स्ट्रक्सनको बदमासीविरुद्ध आवाज उठाउन थालेपछि कन्स्ट्रक्सनले भ्रम फैलाउन सुरु गरेको हो ।

दुई वर्षमा सडक निर्माणको काम सम्पन्न गर्ने ठेक्का सकार गरेर तिन वर्ष बितिसक्दा पनि काम नगरेपछि आइतबार अपौनी र हरपतगञ्जका बासिन्दाले कम्पनिका प्रवन्ध निर्देशक सुमित रौनियार, पूर्व सञ्चालक तथा निलम्बित सांसद् हरिनारायण रौनियार, सघन शहरी तथा भवन निर्माण कार्यालय पर्साका प्रमुख लगायतको पुत्ला जलाएका थिए । समयमा सडक निर्माण नहुँदा वर्षाको समयमा हिलो र गर्मिको समयमा धुलोले आजित भएका स्थानीयले सरोकारवालाहरुको पटक पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएपछि बाध्य भएर पुत्ला जलाएको बताएका छन् ।

पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप समेत गरेको स्थानीयले बताएका छन् । तर पप्पु कन्स्ट्रक्सनले एउटा फेक इमेल आईड बनाएर विरोध प्रदर्शन र पुत्ला जलाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको भ्रम फैलाएको छ । ईमेल मार्फत स्थानीय सञ्चारकर्मीहरुलाई समचार पठाएर पप्पु कन्स्ट्रक्सनले पुत्ला जलाएकाहरुलाई वडा प्रहरी कार्यालय श्रीपुरले नियन्त्रणमा लिएर तारेखमा रिहा गरेको लेखिएको छ । तर वास्तविकता भने फरक छ ।

प्रहरीसँग बुझ्दा कोही पनि पक्राउ परेको छैन् । वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिनेश गौतमका अनुसार विरोध प्रदर्शन र पुत्ला दहनमा सहभागी भएकालाई तितरबितर पारीए पनि पक्राउ भने कसैलाई पनि गरिएको थिएन । गौतमले इमेलमा आएकोर खबर गलत भएको पुष्टि गरे ।

त्यसैगरी पप्पुले इमेलमा सडकको बीचमा पोल रहेको एउटा तस्विर पठाएर साइट क्लियर नगरिएको कारण निर्माणमा ढिलाई भएको दावी गरेको छ । तर त्यो तस्विर हरपतगञ्ज र अपौनिको नभएको स्थानीयले बताएका छन् । स्थानीय नेता रामकिशोर सिंह (पराग)का अनुसार पप्पुले हरपतगञ्ज गाउँको भनेर पठाएको तस्वीर नजिकै रहेको अर्को गाउँ अठराहको २ वर्ष पुरानो तस्वीर भएको बताए । उक्त स्थानमा पनि पप्पु सडक निर्माण नगरेको सिंह बताउँछन् ।

आफै काम गर्न नसकेको पप्पुले इमेलमा सघन शहरी तथा भवन निर्माण कार्यालय पर्सालाई पनि दोष दिएको छ । कार्यालयले ठेक्का लगाउँदा साइट क्लियर नगरेको कारण निर्माण समयमा सम्पन्न नहुन सकेको बताउँदै पन्छिन खोजेको छ । तर, पप्पुले साइट क्लियर भएको ठाउँमा समेत काम गर्न सकेको छैन ।

अपौनी र हरपतगञ्जमा सडक अतिक्रमण गरेर निर्माण गरिएका घरहरु भत्काएको एक

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित