अर्जुन शाह/ जेष्ठ २३/ पोखरिया
पर्सा जिल्लाको पोखरिया नगरपालिका वाड नं ४ मा रहेका स्वालम्बन लघुबित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय पोखरीयाले समाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ४३ जना सदसयहरूलाई रू ४३००० हजार बराबरकाे राहत वितरण गरिएको छ ।
कोभिंड १९ बाट प्रभावित त्यस वित्तिय संस्थामा आबद्ध गरीब असहाय र विप्पन वर्गका ४३ सदस्यलाई सँस्थाका निमित शाखा प्रबंधक हरिशंकर प्रसाद श्रीवास्तवले हस्तान्तरण गरेका थिए ।
राहत वितरणमा जिरा मसिनो चावल १० किलो, दाल १ किलो, खानेतेल आधा लिटर, नुन १ किलो र साबुन २ पिस लगायत सामग्री बितरण गरिएको थियो ।
कार्यक्रममा संस्थाका कर्मचारी प्रमोद कुमार महतो, अनिल प्रशाद चौधरी, रोशन कुमार पण्डित र अशोक कुमार सिन्हा लगायतले सहयोग गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

