कोभिड–१९ को सङ्क्रमणकाे भयावह अवस्थामा जेसीआई नेपालले निशुल्क एम्बुलेन्स सेवा सन्चालन गरिरहेकाे छ । साथै विभिन्न स्थानमा स्वास्थ्य सामाग्री एवं अक्सिजन ग्यास समेत हस्तान्तरण गरेको छ ।

बिधिको शासन ,मानबताको सेवा जस्ता सुन्दर आस्था बोकेको १८-४० बर्श उमेर समुहका युवाको नेतृत्व , ब्यक्तित्व एवं उधमशिलताको बिकास गर्ने राष्ट्रिय शाखा जेसीआई नेपाल बर्श २०२१ काेभिड १९ को दोस्रो भेरियन्टको महामारीमा शाखा मार्फत स्वास्थ्य सामाग्री वितरण , निशुल्क एम्बुलेन्स सेवा एवं अक्सिजन ग्यास हस्तान्तरण अभियान देशै भर सन्चालन गरी मानब सेवामा समर्पित विभिन्न कार्यक्रम सन्चालन गरेको छ।

जेसी आई नेपालक राष्ट्रिय अध्यक्ष सिनेटर अरुनेश्वर खनालले १०१ थान सिलिन्डर ग्यास हेटौंडा अस्पताललाई हस्तान्तरण समेत गर्नु भएको छ। 
कोभिडको महामारीमा अक्सिजन अभावले कयौ मानिसले मृत्यु बरण समेत गर्नु भएको छ। त्यसैले मानबिय असावधानी एवं बनजंगलको फडानी अाैद्याैगिकरणले वातावरण बिनास भएकोले भबिस्यमा प्राकृतिक अक्सिजन ग्यासको कमि नहोस भनी यो एक सदस्य एवं एक रुख अभियान सन्चाल्न गरेको रास्ट्रीय अध्यक्ष सिनेटर अरुनेस्वर खनाले बताउनुभएको हाे ।

सबै शाखा एवं सदस्यहरुले यो अभियान सम्पन्न गर्नु भएकोमा सामुदायिक छेत्रका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी भोजराज चापागाईंले यो अभियान भ्यकोले बिरुवा राेप्ने र संरक्षण गर्ने अभियान निरन्तर सन्चालन हुने जानकारी गराउनु भयो । साथै यो अभियानमा समर्पित सबै शाखा अध्यक्ष एवं सदस्यहरुलाई धन्यवाद समेत दिनु भएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

