Rashtriya Dainik

राजेन्द्र महतोको अभिव्यक्ति प्रति नेता कण्डेलको कडा आपत्ति

उमेश बि.क / नवलपरासी ,२२ जेठ

नव नियुक्त उपप्रधानमन्त्री तथा जसपा नेता राजेन्द्र महतोको अभिव्यक्ति प्रति नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेलले कडा आपत्ति जनाउनु भएको छ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्ना बिचार राख्दै उहाँले यस्तो आपत्ति जनाउनु भएको हाे ।

संबैधानिक ब्यवस्था प्रतिकुल नव नियुक्त उपप्रधानमन्त्री महतोको “नेपाल देशलाई बहुराज्य देश बनाउने” गरी पार्टीको नीति रहेको भन्दै सार्वजनिक बक्तब्य आफैमा अलोकतान्त्रिक,देश बिरोधी, समाजिक सदभावलाई खल्बल्याउने तथा गैर जिम्मेवारीपनाको उपज रहेको भन्दै नेता कण्डेलले आपत्ति जनाउनु भएको हाे।

नेपाल सदैव सार्वभौम देश हो, सो को ब्यवस्था नेपालको संविधानमा समेत स्पष्ट लेखिएकै भन्दै नेता कण्डेलले उपप्रधानमन्त्री महतोलाई स्मरण गराउनु भएको हाे । साथै जनबिरोधी अभिव्यक्ति तत्काल फिर्ता लिई जनउत्तरदायी भुमिकामा लाग्न समेत नेता कण्डेलले अनुरोध गर्नुभएको हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित