Rashtriya Dainik

माननीय अर्जुन बहादुर थापाकाे विशेष पहलमा अक्सिजन प्लान्ट जडान गर्ने पहिलो जिल्ला बन्दै बझाङ

दोरेन्द्र खड्का /बझाङ सुदूरपश्चिम प्रदेश सरकारले विनियोजन गरेको ८० लाख रकमले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको थियो। उक्त प्लान्टबाट शुक्रबार परीक्षण उत्पादन सफल भएको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताए। अब आइतबारबाट नियमित उत्पादन हुने उनले बताए। केही दिनभित्र १६ वटा बेडमा पाइपमार्फत अक्सिजन पु¥याउने प्रविधि पनि सञ्चालनमा आउने अस्पतालले जनाएको छ।माननीय सभामुख अर्जुन बहादुर थापा ज्यु काे विशेष पहल ले प्रदेशको सामाजिक विकास मन्त्रालयबाट गत वैशाख ६ गते ८० लाखका दरले पहाडी ६ जिल्ला र टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि आशयपत्र पठाएको थियो। जसमध्ये बझाङ अक्सिजन प्लान्ट जडान गर्ने पहिलो जिल्ला भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित