उर्मिला यादव यात्री/जेठ २२
पश्चिम नवलपरासीमा कोरोना संक्रमित निको हुनेको संख्या बढदै गएको छ । आज जिल्लामा एक सय दश जना कोरोना संक्रमित निको भएका छन । यो संगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या तीन हजार एक सय ६९ पुगेको छ । यस्तै गरी जिल्लामा आज ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट २० र एन्टिजेनबाट १३ जनामा परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कुल संक्रमितको संख्या चार हजार, दुई सय ९१ पुगेको छ । आज शनिबार सबै भन्दा बढी सुनवल नगरपालिकामा ७ जना महिला र ७ जना पुरुष गरी १४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गरी बर्दघाट नगरपालिकामा ९ जना, रामग्राम नगरपालिकामा ३ जना, सरावल गाउपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ भने प्रतापपुर गाउपालिका, पाल्हिनन्दन गाउपालिकामा र सुस्ता गाउपालिकामा आज कुनै संक्रमित नथपिएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तै गरी जिल्लामा सक्रिय संक्रमितको संख्या ९ सय ८० रहेको छ । आज कोरोना संक्रमणबाट जिल्लामा ३ जनाको ज्यान गएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या एक सय ४२ पुगेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

