राहुल गुप्ता
तनहुँमा अर्थात् नेपाली कांग्रेसको बृतमा गोविन्दराज जोशीलाई नचिन्ने व्यक्ति बिरलै होलान् । नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी बि.सं २००६ सालमा तनहुँ जिल्लाको रुपाकोट स्थित खाल्टेमा जन्मेका हुन्।जोशी गाउँका मुखियाका छोरा हुन् । जोशीका बुबा पदमराज जोशी तत्कालीन समयका गाँउ मुखिया थिए । महामानव बि.पि कोइरलाबाट प्रभाबित भएर पन्ध्र बर्षको कलिलो उमेरबाट नै जोशी नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका थिए । २०२४ सालमा स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष भएर काम गरेका जोशी २०२६ सालमा ९ जना सदस्य लिई तनहुँ कांग्रेस जिल्ला कार्यसमिती गठन गरेको बताउछन् । कांग्रेसमा काम गर्दै जाँदा बि.सं २०३० सालमा तनहुँ कांग्रेसका सचिव तथा उपसभापति भएका थिए ।
तत्कालिन समयमा नेपालमा पञ्चायती राजतन्त्र रहेको र पञ्चायती राजतन्त्र शासनको बिरुद्द आन्दोलनमा सरिक भएको अभियोगमा उनी ४ बर्ष जेल परे । जेल जिवन यापन गरे सँगै उनि राष्ट्रिय राजनितीमा लागे ।बि.सं २०४८, २०५१ तथा २०५६ सालमा तनहुँबाट प्रतिनिधी सभा सदस्य भई ८ बर्ष पार्टीको केन्द्रिय सदस्य र एक कार्यकाल पार्टीको १० औँ महा अधिवेशनबाट सहमहा मन्त्री भए । जोशी तनहुँबाट निर्वाचित भएर राष्ट्रिय राजनितीमा प्रभाबशाली नेताको रुपमा हेरिन थाले । उनी प्रतिनिधी सभा सदस्य हुँदै शिक्षा मन्त्री , खानेपानी तथा सरसफाई मन्त्री, जलस्रोत मन्त्री , स्थानीय बिकास मन्त्री ,शिक्षा संस्कृती तथा समाजकल्याण मन्त्री र गृहमन्त्री समेत भएका नेता हुन् । जोशीले भानुमा रहेको सशस्त्र प्रहरीको तालिम केन्द्र , दमौली चापाघाटमा रहेको शिक्षक तालिम केन्द्र , भिमादमा रहेको प्राविधिक तथा व्यावसायिक तालिम केन्द्र , भानुमै रहेको भानु जन्मस्थल विकास आयोजना , देवघाट विकास आयोजना, मदरसा विद्यालयको व्यवस्थापन,बन्दिपुर जाने बाटो कालो पत्रे , तनहुँमा विद्युतको बिस्तार , टेलिफोन बिस्तार ,सडक क्षेत्रमा बिस्तार ,खानेपानीको सहरीकरण संचारको बिस्तार र पुल निर्माण लगाएतको महत्वपुर्ण विकासका काम गरे ।
सोही कारण आज पनि उनलाई गृहजिल्लामा हाइहाई गरिन्छ, र बिकास प्रेमी नेताको रुपमा हेरिन्छ । आज पनि उनी गृह जिल्ला आउँदा कार्यकर्ताको जमात उनको घरमा देख्न सकिन्छ ।बि.सं २०६४ सालको चुनाबमा जोशी तनहुँबाट माओबादी सँग पराजित भए । चुनाबमा पराजित भए सँगै क्रमशः उनको राजनैतिक शक्ति पनि घट्दै गएको देखिन्छ । दुर्भाग्यवश उनलाई सोही समयमा भ्रष्टचारको मद्दा लाग्यो । उनले आफ्नो निकटतस्थहरु सँग आफुलाई सुनियोजित रुपमा मुद्दामा फसाइएको बताउदै आएका छन् । शक्ति केन्द्रहरुलाई रिझाउन नसक्दा उनलाई नियोजित रुपमा फसाइएको जानकारहरु बताउछन् । उनलाई राजनीतिमा स्थापना गराउने नेता गरिजाप्रसाद कोइराला हुन् । जनकारहरु बताउछन् शक्ति केन्द्रहरुलाई रिझाउन नसक्नु र उनलाई राजनीतिमा स्थापना गराउने नेताकै समयमा मुद्दा लाग्नु, शक्ति सन्तुलन गराउन नसक्नु र मुद्दा लाग्नु सबै नियतबस भएको हो भन्न सकिने थुप्रै आधारहरु छन् ।
बिं.सं २०६४ सालको चुनाबमा पराजित भए पनि आउँदो चुनाबमा जनताको मन जित्ने र सकृय राजनीतिमा फर्कने आशा उनमा थियो । समय बित्दै गयो र बि.सं २०७० सालमा प्रतिनिधि सभाको चुनाब पनि आयो तर जोशिको भागको टिकट अर्कैले खोसिदिए। क्रमशः बि.सं २०७४ सालको चुनाबमा पनि उनी चुनाब लड्ने आशा सहित गृहजिल्ला आए।तर भ्रष्टचारको मुद्दा किनारा नलागेको भन्दै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले उजुरी दिए।उनको उजुरीलाई आधार मानेर निवार्चन आयोगले जोशीको उम्मेवारी रद्द गर्यो । उनी सत्ता र शक्तिमा रहदा तनहुँका अधिकांश जिल्ला स्तरीय नेता तथा कार्यकर्ता उनका थिए। तर समयको परिवर्तनसँगै उनी निटक कार्यकर्ताहरु सबैले साथ छाडेर गए । राजनीतिमा केही कसैको मित्र र शत्रु हुदैँन भन्ने उनको भनाईलाई उनैका कार्यकर्ता उनको साथ छाडेर पुष्टी गरेको छ । हाल तनहुँका बिभिन्न स्थानीय तहका प्रमुख र बिभिन्न समितिका प्रमुख पहिला उनकै साथमा थिए । आज पनि जोशीलाई गृहजिल्लामा नेता मान्नेको भिड उतिकै रहेको छ । उनीमात्र तनहुँमा यस्ता नेता हुन् जसलाई विपक्षी दलका नेता तथा कार्यकताहरुले समेत जिल्लाको विकासका कामका बारेमा सरसल्लाह गर्न सम्पर्क गर्ने गर्छन् ।
छोराहरुले राजनैतिक बिराषत सम्हाल्ने आशा:
नेता गोविन्दराज जोशीका दुई छोराहरु मध्ये जेठो छोरा काठमाडौँ स्थित निजि कलेजमा अध्यापकको रुपमा कार्यरत छन्,भने कान्छो छोरा अस्ट्रेलियाको एक अन्तराष्ट्रिय कम्पनीमा कार्यरत छन् । आफले जसलाई साथ दिएका थिए उनीहरुबाट नै सहयोग र साथ नपाए पछि नेता जोशीे हतपत आफ्नो राजनैतिक बिराषत जिल्लाका नेता तथा कार्यकर्ताको हातमा सुम्पने अवस्थामा छैनन् । जिल्लामा उनका पुराना कांग्रेसका कार्यकताहरुले अझै पनि उनको साथ छोडेका छैनन् । अझै पनि उनलाई मान्ने कार्यकता जिल्लामा १० देखी १५ हजार रहेको जानकारहरु बताउँछन् । उनका पछि लाग्ने कार्यकर्ताको राजनैतिक यात्रा सुरक्षित पार्न मात्र भएपनि उनले राजनैतिक बिराषत कसैलाई सम्हाल्न दिनु पर्ने देखिन्छ । यस्तो अबस्थामा उनले कसलाई राजनैतिक दायित्व सुम्पिन्छन् भन्ने प्रश्न बेलाबेलामा उठ्ने गरेको छ । यसै बिषयमा मैलै उनका जेठो छोरा दिपकराज जोशी सँग केहि प्रश्नहरु गरेको थिएँ । के तपाई राजनीतिमा आउनु हुन्छ त ? के बुवाको राजनीतिक यात्रा तपाईले अघि बढाउनु सक्नु हुन्छ ?
प्रस्तुत छ लेखक राजेन्द्र परियार र दिपकराज जोशी बिचको संवाद :
लेखकः तपाई लामो समय अमेरीका बसेर नेपाल आउनुभएको छ । तपाईको त पार्टीमा कुनै योगदान छैन भन्छन नी तपाई कसरी राजनीतिमा आउनुहुन्छ ?
दीपकराज जोशी: तपाइँले सोध्नुभएको प्रश्न जायज छ। किनकी एउटा पत्रकारले जनताका जिज्ञासा र प्रश्नहरुको संबोधन गर्नुपर्ने हुन्छ।पार्टीमा काम नगरेको र योगदान नभएकाले टिकट किन पाउने भनेर प्रश्न गर्ने पनि छन् यहाँ । कुनै वेला बिपक्षी पार्टीसँग २० हजार फरक मतले जितेको नेपाली कांग्रेस अहिले आएर चुनाब हारेर टोलाएर बस्नुपरेको छ। यसरी बस्नेहरुले न त पार्टी
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

