Rashtriya Dainik

“बारामा घरदैलो परामर्स सहित कोभिड हेल्प लाइन सुरु ,दोस्रो दिन करिब ६० घर लाभान्वित “

बाराको निजगढ नगरपालिकामा कोभिड हेल्पलाइन सुरु गरिएको छ।

निजगढ युवा संजालद्वारा आयोजित सो हेल्पलाइनक शुक्रबार दाेस्राे दिन करिब ६० भन्दा बढी घर लाभान्वित भएका छ्न।

संजालका युवाहरुले पहिलो चरणमा निजगढ नगरपालिका वार्ड न.११ रतनपुरका केही घरमा स्वास्थ्य परामर्स सेवा प्रदान गरेका थिए । त्यस्तै दोस्रो दिन संजालले सोही नगरपालिकाका वार्ड न. ४ का करिब ६० घरमा सेवा तथा परामर्स प्रदान गरि करिब चार सय ब्यक्तीलाई मास्क उपलब्ध गराएको छ ।

यस कार्यक्रम मार्फत संजालले गरिब तथा बिपन्न परिवारको घर घरमै गएर नगरबासी हरुको स्वास्थ्य अवस्था बुझ्ने ,सामान्य रुगाखोकी र ज्वरो आएको परिवारलाई आवश्यकता अनुसार दबाइ उपलब्ध गराउने ,मास्क बितरण गर्ने,ज्वरो नाप्ने ,अक्सिजन लेभल नाप्ने र अन्य स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ। निजगढ नगरपालिकामा सङ्क्रमणको अवस्था बुझ्न नगरपालिका बाट अनुमति लि वडाहरुसंग समन्वय गरि हेल्पलाइन सेवा सुरु गरिएको संजालका संयोजक श्याम साहले जानकारी दिनु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित