Rashtriya Dainik

सामान्य लक्षण देखिने वित्तिकै अस्पताल आउन सियारी गाउँपालिकाको अनुरोध ।

तुलसी राम पौडेल /सियारी २१ जेष्ठ

रुपन्देहीको सियारी गाउँपालिकाले सामान्य लक्षण देखिने वित्तिकै गाउपालिका वडा नम्बर ७ स्थित अमवा अस्थायी कोभिड अस्पतालमा आइ उपचार गर्न आग्रह गरेको छ। पीसिआर तथा एन्टिजन परिक्षण गाउपालिकाबाट निशुल्क भएकोले ज्वरो, रुघाखोकी , जिउ दुख्ने लगायतका सामान्य अवस्थामा रहदै गाउपालिकाले निशुल्क सेवा प्रदान गर्दै आइरहेको पिसिआर तथा एन्टिजेन परिक्षण शुरुमै गराइ कोभिड महामारीको जोखिमबाट बच्न सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले आग्रह गर्नुभएको छ । साथै उहाँले कोभिडबाट बच्नको लागि अस्थायी कोभिड अस्पताल अमवाबाट प्रदान गरीने सम्पूर्ण उपचार निशुल्क भएको जानकारी गराउनुभयो । सियारी गाउपालिकाले बिरामी बोक्नको लागि एम्बुलेन्स सेवा तथा रोग पहिचानको लागि पिसिआर र एन्टिजेन परिक्षण निशुल्क गर्दै आएको छ।जटिल अवस्थाका विरामिलाई अन्य अस्पतालमा रिफर गरी गाउपालिकाबाट संचालित एम्बुलेन्स बाट पुर्‍याउने समेत गरीएको छ। सियारी गाउपालिका स्वास्थ्य शाखा प्रमुखले केहि दिन यता कोभिड पोजिटिभको संख्या केहि कम हुदै गएको बताउनु भयो ।अस्थायी अमवा कोभिड अस्पतालका संयोजक दिपेन्द्र रिजालले विरामि अन्य ठाउमा उपचार गराइसकेपछि अन्तिम अवस्थामा मात्र कोभिड अस्पतालमा आउने हुदा संतोषजनक रूपमा उपचार सफल नभएको बताउनु भयो ।ज्वरो ,खोकि सामान्य अवस्थामा भित्र भित्रै निजि मेडिकलमा उपचार गराउने ,औषधि खाने गर्छन् ।सन्चो हुदैन अनि समय घर्केपछि बल्ल अस्पताल आउछन् जस अनुसार उपचारमा कठिनाइ भएको संयोजक रिजालले बताउनु भयो ।सफल उपचारको लागि सामान्य लक्षण देखिने बित्तिकै छातिको एक्सरे र पिसिआर अथवा एन्टिजन परीक्षण गरेर अस्पताल उपचार गर्नुपर्ने हुन्छ ।तसर्थ जनप्रतिनिधि ,स्वास्थ्य सग संबंधित सरोकारवलाहरुले टोल टोलमा सामान्य लक्षण देखिएकाहरुलाई पिसीआर तथा एन्टिजन परीक्षणको लागि जनचेतना जगाउन आवश्यक रहेको अमवा कोभिड अस्पताल संयोजक दिपेन्द्र रिजालको भनाइ थियोे । सियारी गाउपालिकाले जेष्ठ १९ गते वडा नम्बर ६ र ७ मा २६ जनाको निशुल्क एन्टिजन परीक्षण गरेको थियो जस अन्तगत एक जना पोजेटिभ र बाकी २५ जना नेगेटिभ आएको थियोे ।
त्यसै गरी जेष्ठ २० गते वाड नम्बर ४ र ५ मा गरिएको एन्टिजन परीक्षणमा ३ जना पोजिटिभ र २३ जना नेगेटिभ आएको थियोे ।यसै गरी गाउपालिकाका अन्य वडाहरुमा पनि एन्टिजन परीक्षण कार्यक्रम जारी रहने गाउपालिका स्वास्थ्य प्रमुख बुद्दि बहादुर घर्तिले बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित