Rashtriya Dainik

कुटपिटका कारण मृत्यु भएका गोसाईका परिवार र आफन्तले शव बुझ्न अस्विकार गरे

पश्चिम् नवलपरासी को बर्दघाट नगरपालिका वडा नम्बर १२ मा कुटपिट बाट मृत्यु भएका क्षेदि गोसाईको परिवार र आफन्तजनले शव बुझ्न अस्विकार गरेका छन ।

मङ्गलबार साझ ७:५० बजेको समयमा भटौलिया बस्ने अन्दाजी ६० बर्षका स्थानिय बिष्णु आचार्य सग सामान्य बिबाद भएको र बिवाद पछि कुटपिटबाट घाईते भएका गोसाईको उपचारको क्रममा बुटवल स्थित तिनाउ अस्पतालमा मृत्यु भएको थियो ।

मृतकको पोस्टमार्टम पछि शव एम्बुलेन्समा राखेर साझ ५ बजे तिरको समयमा घरमा पठाईएको भए पनि आफन्त र स्थानियले कुटपिटमा ४ जना सहभागी भएकोले सबैलाई करबाहिको माग गर्दै शव बुझ्न अस्विकार गरेका हुन । अहिले आचार्यको घरमा शव सहितको एम्बुलेन्स राखेर आफन्त र स्थानियले घटनामा सहभागि भएका सबैलाई कारबाहिको माग गरेका छ्न ।
चारैजनालाई पक्राउ गरेर कारबाहि नगरे सम्म शव नबुझ्ने मृतकका भाई महन्त गोसाईले बताए । अस्पतालको रिपोर्टमा पनि बिरामीका आफन्तले हस्ताक्षर गर्न नमानेकोले उपचार हुन नसकेर मृत्यु भएको भन्ने उल्लेख भएको भन्दै रिपोर्ट प्रतिपनि आफुहरुको असहमति रहेको महन्तले बताएका छ्न ।

प्रहरीले गोसाईलाई लाठी प्रहार गर्ने बिष्णु आचार्यलाई मात्र पक्राउ गरेको छ । आचार्यमाथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिममा सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु लामाले बताएका छ्न ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित