किशोर खड्का कोरोना भाईरसको संक्रमण दिन प्रतिदिन फैलिरहेका बेला अग्रपंतीमा रहेर काम गर्ने बझाङका पत्रकारहरुलाई खाद्यान्न वितरण गरिएको छ ।
नेपाल पत्रकार महासंघ बझाङ शाखाले समन्वय गरेर साईपाल गाउँपालिका धुली घर भएका राम बहादुर बोहोराको सहयोगमा जिल्ला सदरमुकाम चैनपुरमा कोठा भाडामा लिएर बसिरहेका पत्रकारहरुलाई खाद्यान्न वितरण गरिएको हो ।
महासंघले निषेधाज्ञाका कारण समस्यामा परेका १४ जना पत्रकारहरुलाई प्रति व्यक्ति १२ किलोग्राम चामल बितरण गरेको छ । महासंघका अध्यक्ष शेलेन्द्र रोकाया र सचिब ललित सिंह लगायतले विभिन्न निकाय ब्यक्तिहरु संग समन्वय गर्दै राहतका कार्यक्रमका गर्दै आएको रोकायाले बताए ।पहिलो चरणमा साईपालका स्थानीय समाजसेबी रामबहादुर बोहराले सहयोग गरेको चामल सबैभन्दा बढी समस्या भएका पत्रकारहरुलाई बितरण गरेको सचिब ललित सिंहले जानकारी दिए ।
अन्य निकाय संग समन्वय गरेर यस कार्यलाई निरन्तरता दिने समेत उनले बताए । गत हप्ता महासंघले सबै रेडियोमा गएर स्वास्थ्य सामाग्री बितरण गर्नुका साथै पत्रकारहरुका समस्याका बारेमा समेत छलफल गरेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

