महेश यादव /नवलपरासी ,२० जेष्ठ
पश्चिम नवलपरासीको परासीमा पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
रामग्राम नगरपालिकाकाे परासीमा अवस्थित हेल्पिङ्ग हैन्ड फेसबुक ग्रुपद्वारा नगरपमलिका भित्रका पत्रकारहरुलाई मास्क , सेनिटाईजर लगाएतकाे स्वास्थ्य समाग्री वितरण गरिएको हाे ।
हेल्पिङ्ग हैन्ड फेसबुक ग्रुप परासिमा अाबद्ध विभिन्न जिल्लाका सकृय युवाहरुले संकलन गरेको आर्थिक सहयोगबाट स्वाथ्य समाग्री हस्तान्तरण गरिएको हाे ।
काेराेना महामारीको विषय परिस्थितिमा जिल्लाका पत्रकारहरुले विभिन्न सुचना मार्फत अाम नागरिकहरुलाई सचेत गराईरहेका र अाफु जाेखिम माेल लिई जिल्लामा भईरहेकाे हरेक गतिविधिहरुकाे सुचना प्रभाव गरि मानिसहरुलाई सहयोग गरिरहेको ग्रुपका रामप्रसाद पाैडेलले बताए ।उहाँले विगतको समयदेखि नै गरिब तथा विपन्न परिवारहरुलाई राहत सामाग्री वितरण गर्दै अाएकाे बताउनुभयो ।
हस्तान्तरण कार्यक्रम बाेल्दै नेपाल पत्रकार महासंघका पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्माले काेराेना महामारीको विषय परिस्थितिमा पत्रकारहरुकाे स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरिदिएकाेमा हेल्पिङ्ग हैन्ड फेसबुक ग्रुपलाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीकाे उपाध्यक्ष मालति न्याैपाने , सचिव राजकुमार रेश्मी , पुर्व अध्यक्ष केसव पराजुली , पत्रकार मेघराज गाैतम , पत्रकार सुरेश यादव , बिकास अधिकारी , माेहन पाैडेल र हुसैन सेन लगाएको उपस्थितिमा वितरण गरिएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

