विरगंज /२० जेठ
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं.२ भिष्वा बञ्जारीबाट अवैध रूपमा कस्तुरी रक्सी नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटेको टोलीले प्रदेश २-०३-००१ थ ०००१ नम्बरको ट्याक्टर उल्लेखित स्थानको दशगजा क्षेत्रमा रोक्ने क्रममा चालक फरार भएका ।
उक्त ट्याक्टरको तलासी लिंदा ट्याक्टरमा कस्तुरी लेखिएको मदिरा १० लाख ६० हजार मुल्य बराबरको ३ सय कार्टुन फेला परेको हुँदा सो ट्याक्टरलाई मदिरा सहित नियन्त्रणमा लिएर आवस्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

