Rashtriya Dainik

नवलपरासीको मनरीमा कार दुर्घटना….

उमेश बि.क / नवलपरासी ,२० जेठ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ मनरीमा कार दुर्घटना भएकाे छ ।

पुर्वबाट पश्चिम हुलाकी सडक हुदै परासीतिर जादै गरेको बा १७ प ४३८६ नम्बरकाे कार जनता मा.बि मनरी विद्यालय नजिक अनियन्त्रित हुदा दुर्घटना भएको हाे।

बिहीबार दिउँसो २:४५ बजेतिर त्रिवेणीबाट हुलाकी बाटो हुदै परासीतर्फ जाने क्रममा साे कार दुर्घटना भएकाे हाे।

दुर्घटना हुदा कार चालक बुटवल गाेलपार्कका सिलक कार्कीलाई सामान्य चाेटपटक लागेको स्थानीय राजु चाैधरीले जानकारी दिनुभएको हाे ।

कार चालक कार्कीकाे स्थानीय मेडिकलमा उपचार भैरहेको समाजसेवी रुदल हरिजनले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित