Rashtriya Dainik

आमा समुहहरुद्धारा मुठ्ठी दान कार्यक्रम सुरु

महेश यादव/ नवलपरासी ,२० जेष्ठ

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा आमा समुहद्धारा मुठ्ठी दान कार्यक्रम सुरु भएको छ ।

पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ मा रहेको बिश्वास अामा समुहद्धारा मुठ्ठी दान कार्यक्रम सुरु गरिएको हाे ।

नयाँ भेरियन्ट सहितको काेराेना भाईरस समुदायमा तिब्ररुपले फैलिदै जादा सरकारले राेकथामकाे लागि गरेको निषेधाज्ञाका कारण गरिब तथा विपन्न घरपरिवारहरुलाई एक छाक टार्न समस्या भएपछि गरिब विपन्न परिवारलाई सहयोग गर्नका लागि मुठ्ठी दान कार्यक्रम सुरु गरिएको समुहकी अध्यक्ष मनिषा धाेविले बताउनुभयाे ।

यस्तै
पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ मा रहेको तेरि आमा समुहद्धारा पनि मुठ्ठी दान कार्यक्रम सुरु गरिएको छ ।

गरिबी रेखामुनि याे महामारीको विषम परिस्थितिमा बाच्न लाई कठिन भएको ती गरिब तथा विपन्न परिवारकाे बाल बच्चा र अामा बुबा भाेखाे पेट बस्न नपराेस भनी सहयोग गर्नका लागि याे कार्यक्रम सुरु गरिएको एविसि नेपालकि सुपरभाइजर बिष्नु परियारले बताउनुभएको हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित