Rashtriya Dainik

सियारी गाउँपालिकामा आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत वार्षिक गाई प्रवर्द्धन कार्यक्रम अन्तर्गत अनुदान वितरण

तुलसी राम पौडेल / सियारी १९ जेठ

रुपन्देहीको सियारी गाउँपालिकामा गाउँपालिकाको आ.व.२०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार लागत साझेदारिमा गाई प्रवर्द्धन कार्यक्रम सियारी गा.पा. वडा न. ६ र ७ मा सन्चालन भएको थियो । सहभागी ५ कृषक समूहमध्य ३ वटा कृषक समुहले सम्झौता बमोजिमको कार्य सम्पन्न गरेपछि कुल ३० जना कृषकहरुलाई सियारी गा.पा.का प्रमुख प्रशासकिय अधिकृत मीन प्रसाद . भट्टराईले अनुदान बापतको रकम रु.२५,२५,३१० रुपैया चेक मार्फत आज हस्तान्तरण गर्नु भयो । सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत मिन प्रसाद भट्टराईले गाई पालन कार्यक्रमले कृषकहरुको आयआर्जनमा थोरै भए पनि टेवा पुग्ने र आगामी दिनमा पनि यसलाई अन्य वडाहरुमा बिस्तार गर्ने कार्यक्रम रहेको जानकारी दिनु भयो ।

यसै अवसरमा आर्थिक बिकाश शाखा प्रमुख गणेश प्रसाद खनालले ग्रामिण अर्थतन्त्र पशुपालन तथा कृषि क्षेत्रबाटै चलायमान हुने हुदा पशुपालनलाई प्रयाप्त बजेट्को ब्यवस्था गर्न सकेमा रोजगारी सिर्जना गर्न सकिने र समुहहरुले दूध उत्पादन गरि बिक्री गर्ने मात्रै भन्दा पनि दुधको उत्पादन लागत घटाउन घाँस खेतीमा जोड दिनु पर्ने र दूधलाई कच्चा पदार्थको रुपमा लिइ यसबाट दुग्ध जन्य पदार्थ उत्पादनमा ध्यान दिनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा योजना शाखा प्रमुख रोमलाल गिरी र प्रशासन शाखा प्रमुख चिरञ्जीवी गौतमको उपस्थित रहेको थियो ।अनौपचारिक कार्यक्रमको सन्चालन आर्थिक बिकाश शाखा प्रमुख गणेश प्रसाद खनालले गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित