दोरेन्द्र खड्का / बझाङ १८जेठ
जिल्लाको जयपृथ्वी नगरपालिका वडा नः २ बस्ने बर्ष ४५ का गणेश खड्का तरकारी खेति गर्दै गाउँ मै रमाई रहेका छन। बिगत १ दशक देखि सदुमुकाम चैनपुर बजारमा मेकानिकल काम गरि बसेका खड्का अहिले भने गाउमा नै कृषि मा रमाई रहेका छन ।तरकारि खेति बाट नै मासिक ९० हजार आम्दानी गर्ने गरेका छन् भने च्याउ खेती बाट मासिक ३०हजार गाउँमै बसेर आम्दानी गरी बेरोजगारले झेल्नु पर्ने समस्या बाट खड्का मुक्त रहेका छन् । खड्काको सानो तिनो ब्यबसाय र अन्य आम्दानी बाट कमाई गरेर जिल्लाको सदरमुकाम चैनपुरमा दुई तले घर समेत बनाएका छन । खड्काले भने पैसा कमाउन लाई बिदेश नै जानुपर्छ भन्ने युवाका लागी एक सिक्ने असल पाठ बन्न सक्छ भनेर गाउँमै बसेर तरकारी खेती गर्ने गरेको बताए ।
‘सानै देखी ब्यबसाय गर्नुपर्छ भन्ने सोच थियो, पहिले पनि मैलै मेकानिकल बनेर सदरमुकाम चैनपुरमा घडी रेडियाकोे पसल खोलेर लामो समय सम्म काम गरेको थिए’ उनले भने । अहिले खड्काको जिबन रात दिन नै तरकारी खेतिमै बितेको छ । कुनै पनि सरकारी निकाय बाट सहयोग नपाएका खड्काले भने काम गर्ने कृषकले अनुदानका नाममा एक रुपैया पनि पाएका छैनन । ‘वास्तविक कृषकले अनुदान पाएक छैनन’ स्थानिय .अर्का कृषक करन सिँहले भने ‘यो समस्या एउटै खड्काको मात्र होइन वास्तबिक सबै कृषकको समस्या नै यस्तै रहेको छ ।’
‘मेरो बारिको फोटो खिचेर नेताका कार्यकर्ताले अनुदान ल्याएका छन् । ति अनुदान पाउनेको घरमा तरकारी किनेर खान्छन कागजी रुपमा प्रकिया पु¥याई बजेट खानेको सख्या हाम्रो समाजमा कम छैन’ कृषक खड्काले भने ‘अरुले प्रगती गरेको देख्न सक्ने समाजको निर्माण अझै हुन सकेको छैन, मलाई ब्यबसाय गरेको देखेर आफुले पनि ब्यबसाय गर्ने सोच कसैको पलाएको छैन, उल्टै मेरो बारिमा कहिले टनेल भित्रका बेर्ना चोर्ने कहिले राती टनेल भित्र तरकारी नष्ट गर्ने लगायतका कार्य हुने गरेका छन ।’
कृषि ज्ञान केन्द्र बझाङ का प्रमुख टेक ब बिष्ट ले भन्नू भयो जिल्लामा कुनै पनि स्थानिय तहमा वास्तबिक किसानको पहिचान नै नगरी काम नहेरी मुख हेरेर अनुदान दिदा वास्तबिक किसानका समस्या उस्तै रहेको बताए । अब आउदा दिनमा स्थानिय तह बाट नितीगत निर्णय गरी जनप्रतिनिधीले टोल बस्ती बाट नै पहिचान गरी कृषक लाई अनुदान दिन सके वास्तबिक किसान लाई निकै राहत हुने उहाकाे भनाई छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

