Rashtriya Dainik

नेकपा दाङका नेता-कार्यकर्ता प्रतीक्षालय निर्माणमा व्यस्त

हेमन्त वलि / जेष्ठ-१९ दाङ।

विप्लवले नेतृत्व गरेको नेकपा दाङका नेता- कार्यकर्ताहरु कोरोना बिशेष अस्पताल बेलझुण्डीमा प्रतीक्षालय निर्माणमा व्यस्त छन।
नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले हिजो बिरामी कुरुवा प्रतीक्षालय शिलान्यास गरेका थिए।

प्रतीक्षालय निर्माण एक साता भित्र सम्पन्न गर्ने नेकपा दाङले जनाएको थियो।
पार्टीको लक्ष्य,योजना र समयभित्रै सम्पन्न गरिसक्नुपर्ने निर्देशन अनुरुप पार्टी निकट जनवर्गीय संगठन युवा संगठन नेपाल,अखिल(क्रान्तिकारी),अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र जनपत्रकार संगठन नेपालका नेता-कार्यकर्ताहरु प्रतिक्षालय निर्माणमा निरन्तर खटिरहेका छन।
युवा संगठन नेपालका केन्द्रीय सदस्य तिलकको कमान्डमा २५ जना नेता-कार्यकर्ताहरु दैनिक श्रम गरिरहेको नेकपा दाङका सेक्रेटरी प्रदिपले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित