Rashtriya Dainik

प्याब्सन रुपन्देहीको जुम मार्फत विस्तारित बैठकबाट महत्त्वपूर्ण निर्णयहरु

तुलसी राम पौडेल /फर्साटिकर, जेष्ठ १८
प्याब्सन रुपन्देहीको जुम मार्फत मंगलवार जिल्ला विस्तारित बैठक सम्पन्न भयो ।
प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलको अध्यक्षता, प्याब्सन नेपाल केन्द्रीय अध्यक्ष टिकाराम पुरीको प्रमुख आतिथ्यतामा सम्बन्ध बैठकले चालु शैक्षिक सत्र २०७८ जेष्ठ मसान्तसम्म अन्त्य गर्ने र नया शैक्षिक सत्र आफ्नो पालिकासग समन्वय गरी असार १ गतेदेखि उपयुक्त विधि प्रयोग गरी नया भर्ना लिने निर्णय गरेको छ।
बैठकले हालै प्रस्तुत भएको बजेटको समिक्षा गर्दै सरकारले निजि विद्यालयलाई उपेक्षा गरेको निष्कर्ष समेत निकालेको छ ।
मावि शिक्षामा अगुवाइ गरेको निजी विद्यालयले जस्तो कठिन समयमा पनि बालबालिकाको पढ्न पाउने अधिकारलाई जिवन्त दिन पठनपाठनलाई निरंतरता दिन असारदेखि २०७८ को शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको हो।
सम्पूर्ण देशमा रहनुभएका नेपालीहरूमा जो कोभिडसग पराजित हुनुभएको छ वहाहरुको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति धैर्रे धारण गर्ने शक्ति प्राप्त होस भन्ने प्यासन रुपन्देहीले कामना गरेको छ।साथै यो विषम परिस्थितिमा प्रभावित हुने सम्पूर्ण प्याब्सन परिवार ,शिक्षक तथा कर्मचारी ,विद्यार्थी ,अभिभावक ,प्रीन्सिपल , साथै देशका नागरिक सबैमा शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
प्याब्सन रुपन्देहीका सदस्य बिधालय न्यू त्रिभुवन इङलिस बोर्डिङ स्कुलका सस्थापक प्राचार्य स्वर्गीय किशोर दर्नाल लगायत प्याब्सन आवद्ध सदस्य विद्यालयहरुका स्वर्गीय शिक्षक तथा कर्मचारीहरुको समवेदना स्वरुप यहि जेष्ठ १९ गते बुधबार १ दिनका लागि शिक्षण सिकाइका सम्पूर्ण क्रियाकलापहरु बन्द गरिदिनुहुन सबैमा जानकारीको लागि प्याब्सन रुपन्देहीले अनुरोध गरेको छ।
प्याब्सन रुपन्देहीको जुम मार्फत बैठकमा केन्द्रिय प्याब्सनका प्राज्ञिक सल्लाहकारहरु लोकनाथ उपाध्याय ,कृष्ण प्रसाद खनाल रुपन्देहीका पालिका अध्यक्षहरु कुलराज शर्मा ,डिबि थापा लगायतको उपस्थिति रहेको थियोे ।
प्याब्सन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष अनन्त राम शर्माको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको संचालन प्याब्सन रुपन्देहीका सहसचिव कपिलमणि ढकालले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित