वीरगञ्ज,१८ जेठ । ईलाका प्रहरी कार्यालय प्रसौनी नौतन गण्डक बाराका प्रहरी निरीक्षक विन्देश्वर यादवको सक्रियताले गलत कार्य गर्ने विरुद्ध एक्शनमा आउदा आम जनता शान्ती सुरक्षाको अनुभुती गरिरहेका छन भने अवैध कारोबारमा लगाम लागेको छ ।
इलाका प्रहरी कार्यालय प्रसौनी नौतन गण्डकको प्रमुखको रुपमा आएदेखी नै प्रहरी निरिक्षक विन्देश्वर यादवकोे कुशल कार्य शैलीका कारण त्यस क्षेत्रमा गलत कार्य गर्नेहरुको होस हवास उडेर गएको छ ।
गलत कार्यमा कसैको सिफारीस नसुन्ने, कानुनले वर्जीत गरेका कार्यहरु गर्नेलाई बर्दास्त नगर्ने र कानुनको दायरामा ल्याएर उचीत दण्ड दिलाउने बानीले अहिले उनलाई निडर प्रहरी निरीक्षकको रुपमा चर्चा गर्न थालीएको छ । निडर र शाहसी प्रहरी निरिक्षक यादवको कार्य शैली प्रती उनका हाकीमहरुले समेत प्रशंसा गर्ने गरेका छन । आफना एरीया क्षेत्रमा नियमीत कडा निगरानी एवम गस्तीले समाजमा शान्ती सुरक्षा कायम गर्नुका साथै अवैध कारोबारमा संलग्नलाई धमाधम पक्राउ गरि कानुनी दायरामा ल्याउने गरेका छन ।
प्रहरी निरीक्षक यादवले विशेष सुचनाको आधारमा सोमबार मात्रै अवैध रुपमा उत्पादन भईरहेको घरेलु मदिरा बनाउने दुईवटा भटी नष्ट गरेका छन । फेटा गाउपालीका वडा नम्बर १ त्रिवेणी खोलाको छेउमा अवैधरुपमा संचालन भएको मदिरा भटी र प्रसौनी गाउपालीका वडा नम्बर १ ठुलो नौतन गाउको उत्तर पटि रहेको खाली चौरमा संचालनमा रहेको अवैध मदिरा उत्पादन गर्ने भटिहरुलाई नष्ट गरिएको हो । इलाका प्रहरी कार्यालय प्रसौनी नौतन गण्डक बाराबाट प्रहरी नावय निरीक्षक श्यामबाबु यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले भटी नष्ट गर्ने क्रममा मदिरा बनाउन प्रयोग गरिने ३ हजार लिटर कच्चा पदार्थ,तयारी अवस्थामा रहेको ३ सय ५० लिटर मदिरा, ७ वटा ड्रम, २ वटा ठुलो ड्रम नष्ट गरिएको छ भने मदिरा बनाउन प्रयोग गरिने मेशिन १ थान बरामद गरिएको प्रहरी निरीक्षक यादवले बताए । आफनो एरीया भित्र कानुनले निषतेज गरेका कुनै पनि गैरकानुनी कार्यलाई बढावा नदिने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

