बिनोद निगम/ नवलपरासी/ ०५ जेठ ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाऊपालिका वार्ड नं १ सुनरीमा मंगलबार राति १० बजे ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

महेशपुरबाट बडसारे तिरै जाँदै गरेको लु ३ त ५९२८ ट्र्याक्टरले मोटरसाइकललाई अगाडीबाट ठक्कर दिँदा पाल्हीनन्दन गाउँपालिका वार्ड नं १ रमपुरवा बस्ने २६ वर्षिय उमेश यादवको घटना स्थल मै मृत्यु भएको छ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

