Rashtriya Dainik

तिजमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

दाङ ,२७ भदौ । हरितालिका तिजको अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयले भदौ २९ गते सोमबार हरितालिका तिजका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने जनाएको हो।

प्रदेश राजपत्र भाग–३, खण्ड ९, संख्या १७ मा २०८२ चैत २३ गते प्रकाशित सूचनाबमोजिम तिजका दिन सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा उल्लेख गरेको छ।

मन्त्रालयका उपसचिव प्रेमप्रसाद आचार्यद्वारा जारी सूचनामार्फत प्रदेश सरकारअन्तर्गतका कार्यालय तथा सम्बन्धित सबैलाई बिदाबारे जानकारी गराइएको छ।

यससँगै भदौ २९ गते सोमबार लुम्बिनी प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयहरू बन्द रहनेछन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित