कृष्णा यादव / वीरगंज २८ बैशाख
पर्सा प्रहरीले अवैधरुपले वित्तीय कारोबार ४ जना सहित ८२ लाख ५० हजार पक्राउ गरेको छ।
प्रहरी उपरीक्षक बेलबहादुर पाणडेको अनुसार
प्रहरीले विशेष सुचनाको आधारमा यिनीहरुमाथि निगरानी गरि आर्दशनगर एक घरको फलायटमा छापा हानि घर भित्र रहेको कालो झोला जाँच गर्दा झोलाभित्र २५ लाख र सो डेरामा रीतपूर्वक खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग र दुई वटा हेल्मेटभित्र लुकाइछिपाई राखिएको रू.५७ लाख ५० हजार थप फेला परेको हुँदा उल्लेखित दुवै रकम गरी जम्मा नेपाली रू.८२ लाख ५० हजार बरामद गरी निम्न ४ जना मानिसहरूलाई ना.८प.४८९७ नम्बरको डिस्कभर मोटरसाइकलसहित नियन्त्रणमा लिएको बताउनुभयो ।
पक्राउ पर्नेमा भारतको बिहार रकसौल वडा १८ स्थानिय वर्ष २७ को बिकाश कुमार ,र सो वडाको वर्ष २२ का गुड्डु कुमार , बारा जिल्ला निवासी महागढीमाई नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष १८ को कलामुधिन अंसारी, भारत बिहारका मोतहियारी जिल्ला रक्सौल वडा नम्बर ५ निवासी साहिल गुप्ता सहित ४ जनालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

