उत्तमकुमार थापा/ बझाङ
बझाङ जिल्लामा धेरै ठेक्का पाएकाे तर काम ढिला सुस्ति गर्ने ग्वाललेक निर्माण प्रली लाई प्रमुख जिल्ला अधिकारीले काम राम्रो गर्न दवाव दिनुभएको छ ।
बझाङ जिल्लामा विभिन्न बिकासका कामहरु अगाडि बढिरहेको समयमा ग्वाललेक निर्माण प्रा.ली ले भने ढल निकास सहित वागथला देखि चैनपुर सम्म विचविचमा सडक कालाेपत्रेकाे जिम्मा पाएकाे निर्माण कम्पनीले कमसल सामाग्री प्रयाेग गर्दै बनाएका सँग्रचना दुई दिनमै भत्कन थालेकाे स्पस्ट देख्न पाईन्छ ।

जिल्लाकाे वाग्थला देखि चैनपुर सम्म निर्माण सेवाले ढल निकास कार्य गरिरहेको भएता पनि विभिन्न स्थानमा कमसल सामाग्री प्रयाेग गर्दै कालाे पत्रेसडक निर्माण गर्ने क्रममा ढलमा लगाएको वालहरु भत्कन थालेका छन । यसरी क्वान्टिटि र क्वालिटि अनुसारको काम नगरेको सामाजिक सञ्जालमा अालाेचना हुन थाले पछि जिल्लाका प्रमुख जिल्ला अधिकारी माेहन अधिकारीले बिकास निर्माण लाई अगाडि बढाउन र कमसल सामाग्री प्रयाेग गरेकाे थाहा पाए कार्वाही गरिने भन्दै ठेकेदारलाई दवाव दिनुभएको थियाे ।
बिगत केहि समय अगाडि बझाङमा अाएका प्रमुख जिल्ला अधिकारीले जिल्लाकाे विकासमा तिव्रता दिन अनुराेध गर्दै बिकासमा कसैले भ्रष्टाचार गरेकाे थाहा पाए तुरुन्तै कार्वाही गर्ने बताएका थिए । सिडियाे अधिकारीले बगड गाउँ नजिकै कमसल समाग्री प्रयाेग गरेर ढलनिकास गरेको थाहा पाएपछि ठेकेदारलाई र ईन्जिनियरलाई खवर गरेर सुधार गर्न अनुराेध गर्नुभएको हाे ।

काेरना कलका विच स्वास्थ्य मापदण्ड अप्नाउदै विकास निर्माण गर्न अनुराेध गरिएको छ भने यस बाट वचन सबैलाई अा अाफ्नाे स्थान बाट सहयाेग गर्न अनुराेध गर्नुभएको छ । जिल्लामा सिडियाे माेहन अधिकारी अाएपछि जिल्लामा भएका विकासनिर्माणका काम अघाडी बढेका छन । उहाले भन्नू भएको छ । कसै ठेकेदारले नराम्रो काम गरेमा वा काममा ढिला सुस्ति गरेकाे थाहा पाएमा कडा भन्दा कडा कार्वाही गरिने बताउदै सबै जिल्ला बासिलाई जुन सुकै कार्यमा एकिव्दता जनाउन अनुराेध गरेका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

