नन्दु यादव/ बैशाख २९,पश्चिम नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे पाल्हिनन्दन गाउपालिकाकाे सनईमा रहेकाे प्रहरी चाैकि ले चाेकचाेकमा मास्क बितरण तथा जनचेतना जगाउदै गरेकाे छ ।काेराेना भाईरस सक्रमणबाट बच्नकाे लागि चाेकचाेकमा गयर निशेषअाज्ञा पालन गर्न सुझाव दिदै माक्स नलगायका अाम नागरिकहरुलाई माक्स बितरण समेत गर्दै अाएकाे सनई प्रहरी चाैकिका ईन्चार्ज राजाराम यादवले बताउनु भयाे ।गाउमा मानिसहरु निशेधअाज्ञाकाे पालन गर्ने ,साबुनपानीले हातधुने,सेनिटाईजर प्रयाेग गर्ने ,अनावश्यक रुपमा घर भन्दा बाहिर ननिस्किने लगायतकाे सुझाव अामनागरिकहरुलाई दिई जनचेतना जगाईएकाे ईन्चार्ज यादव ले बताउनु भयाे ।यसै गरि पिपरा प्रहरी चाैकिले पनि बेलासपुरचाेक मा पनि अनावश्यक रुपमा बाहिर नहिडन ,निशेधअाज्ञाकाे पालन गर्ने ,काेराेनाबाट बच्ने उपायकाे बारेमा जनचेतना जगाउदै अाएकाे ईलाका प्रहरी चाैकि पिपराका प्रमुख बाैधशकर चाैधरीले बताउनु भयाे ।यसै गरि भुजहवा चाैकिले पनि चाेकमा अामनागरिकहरुलाई काेराेनाबाट जनचेतना जगाउदै अाएकाे तथा अनावश्यक रुपमा बाहिर हिडनेलाई सम्झाईबुझाई निशेषअाज्ञा पालन गर्न अाग्रह गर्ने गरेकाे भुजहवा प्रहरी चाैकिका ईन्चार्ज राजेश भट्टराई ले बताउनु भयाे।यसै गरि सिमा प्रहरी चाैकि महेशपुरले पनि जनचेतना जगाउदै अाएकाे छ ।अनावश्यक रुपमा बाहिर सवारी साधन लिएर निस्कने लाई चेकजाच गरि सम्झाई बुझाई पठाईएकाे र गाउगाउमा अाम जनतालाई काेराेनाबाट बच्ने उपायकाे बारेमा जनचेतना जगाउदै अाएकाे सिमा प्रहरी चाैकिका ईन्चार्ज टाेपेन बुढा मगरले बताउनु भयाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

