उमेश बि.क/नवलपरासी, २८ बैशाख ÷ पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रामग्राम नगरपालीकाले सञ्चालन गरेको २० वेडको अख्सिजन सहितको आईसोलेसन सेन्टर आजबाट सञ्चालनमा आएको छ ।

रामग्राम नगरपालीका वडा न–४ जितपुर स्थित पाल्ही बहुमुखी क्यापसको भवनमा नगरपालीकाले अख्सिजन सहितको २० शैयाको ( २ शैया एचडियू समेत छिट्टै सञ्चालनको तयारी ) आईसोलेसन सेन्टर सञ्चालनमा आएको हो ।
आईसोलेसन सेन्टर सञ्चालनमा आए संगै आजबाट कोभिड १९ संक्रमित विरामीले सेवा लिन थालेको रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिनुभयो । २४सौ घण्टा आवश्यकता अनुसार स्वास्थ्यकर्मी रहने गरी अख्सिजन सहित आईसोलेसन सेन्टर सञ्चालनमा आएपछि यस क्षेत्रका कोभिड १९ संक्रमित लाभाम्वीत हुने निश्चित छ ।
नगरबासीहरुको स्वास्थ्य सम्वेदनशिलतालाई मध्यनगर गर्दै कोभिड बिरुद्वको लडाइमा नगरपालीका निरन्तर लागीपरेको नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थीले जानकारी दिनुभयो ।
यस बिपतको घडीमा सबै मिलेर कोभिड १९ विरुद्ध एकजुट भई आ आफ्नो स्थानमा बाट सहयोग र सहकार्य गर्न नगर प्रमुख गुप्ताले सबै नगरवासीमा आग्रह गर्नुभएको छ ।
यसैबिच पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाकालाई आईशोलेशन सेन्टर संचालनका लागि स्थानीय प्रशासनले उपलब्ध गराएको अक्सिजन सिलिण्डर प्रशासनले पुन फिर्ता लगेको प्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाले वडा ४ स्थित पाल्ही बहुमुखी क्याम्पस भवनमा २० बेडको आईसोलेशन सेन्टर संचालनका लागि जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको ५० वटा अक्सिजन सिलिण्डर पुनः प्रशासनले रातारात फिर्ता लगेपछि नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
नयाँ भेरियन्ट सहितको कोभिड–१९को बढदो संक्रमणले संक्रमितहरु अक्सिजन नपाएर जटिन प्रकृत्तिको विरामी हुने अवस्थालाई न्युनिकरण गर्न नगरपालिकाले संचालनमा ल्याएको अक्सिजन सहितको आईसोलेशन सेन्टरबाट प्रशासनले अक्सिजन सिलिण्डरहरु रातारात पुनः फिर्ता लगेपछि नगरपालिकाले प्रेस विज्ञप्ती जारी गर्दै सो कार्यप्रति आपत्ती जनाएको छ । रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा प्रशासनको यस्तो क्रियाक्लापले आईशोलेसन संचालनमा असहयोग भएको उल्लेख गरिएको छ ।
आईसोलेशनमा लागी रिफिल गरि ल्याईएको १० वटा सिलिण्डर र वाकी ४० वटा खाली सिलिण्डरहरु भर्नका लागि उद्योगमा पठाउने भएकाले ति सिलिण्डहरु नगर प्रहरीको निगरानीमा आईसोलेशनको कम्पाउण्ड भित्रै राखिएको अवस्थामा प्रहरी प्रशासनको टोलीले खाली र भरिएका दुवै सिलिण्डरहरु उठाएर लगेपछि हाम्र्रो काम गर्नेहरुको मनोबल पनि घटेको छ जारी बिज्ञप्तीमा उल्लेख छ ।
स्थानिय तहहरुले आ–आफनो नगरबासीहरुलाई सुरक्षित गर्न र उपचार सेवा प्रदान गर्न लाखांै रुपैया खर्च गरि बनाएको आईसोलेशनमा प्रशासनले आफै पालिकाकाहरुको सिलिण्डर भरि प्रयोग गर्ने भनि जिम्मेवारीमा दिएको खाली सिलिण्डरहरु यसरी नगरपालीकाको समवन्य विनानै पुन फिर्ता लैजाने कार्य ग¥यो भने हामीले कसरी अक्सिजन सहितको उपचार सेवा प्रदान गर्न सक्छौ? भनि नगर प्रमुख गुप्ताले प्रश्न गर्नुभएको छ ।
जिल्ला प्रशासनले कार्यालयले विभिन्न उद्योगहरुबाट संकलन गरेको खाली सिलिण्डरहरु विभिन्न स्थानिय तह र अस्पतालहरुलाई अक्सिजन भरेर प्रयोगमा ल्याउने गरी उपलब्ध गराउदै आएको जनाएको छ । जसअनुसार रामग्राम नगरपालिकाले आइसोलेशन संचालनका लागि ५० वटा सिलिण्डर पाएकोमा १० वटा सिलिण्डरमा अक्सिजन भरि तत्काल अक्सिजन सहितको १० बेड संचालनमा ल्याएको र थप ४० वटा सिलिण्डरमा अक्सिजन भर्नका लागि नगर प्रहरीको निगरानीमा आईसोलेशनको कम्पाउण्ड भित्र राखि राखेको अवस्थामा प्रशासनले ति सिलिण्डरहरु सोमबार राती प्रशासनले नगरपालिका संग समन्वय नगरि फिर्ता लगेको थियो ।
प्रशासनले अक्सिजन सहितको आईसोलेशन संचालनका लागि आफै दिएको सिलिण्डरहरु नगरपालिका संगको समन्वय नगरि यसरी रातरात कब्जामा लिई लगेपछि अक्सिजन सहितको आइसोलेशन संचालनमा अवरोध भएको नगरपालिकाले महसुस गरेको छ । आईसोलेशनमा हाल २ जना संक्रमित छन जसमध्ये एकजनालाई अक्सिजन चाहिएको छ । प्रशासनको यो क्रियाकलापले नगरपालिकाले प्रशासन संग एउटा मात्र अक्सिजन माग गरेको थियो तर प्रशासनले ति १० वटा भरिएका सिलिण्डरहरु पुनः आईसोलेशनमा फिर्ता पठाउनुले प्रशासनको तर्फबाट कमजोरी भएको महसुस गरेको विज्ञप्तीमा उल्लेख छ ।
प्रशासनले सिलिण्डर लगेपछि विभिन्न व्यक्तिहरुले फेसबुकमा सिलिण्डर लावारिस अवस्थामा फालिएकोले प्रशासनले नियन्त्रणमा लिएको कुप्रचार समेत गरिरहेको नगरपालीकाको आरोप छ । नगरपालिकाले २० बेडको अक्सिजन सहितको आईसोलेशन संचालनमा ल्याएपनि प्रशासनले संवेदनशिल भएर अक्सिजनका लागि सहयोग नगरेको यस घटनाले देखाएको नगरपालिकाको आरोप छ । नगरपालिकाले केहिदिन भित्रै २ बेड एचडियु वार्ड पनि संचालन गर्ने अन्तिम तयारी छ ।
नगरपालिकाद्धारा संचालित उक्त आईसोलेशन सेन्टरमा चिकित्सक, स्वास्थ्यकर्मी र नगर प्रहरीको प्रत्यक्ष निगरानी भैरहेको र संक्रमित विरामीलाई आवश्यक उपचार सेवा प्रदान भैरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका नगर प्रमुख, उप प्रमुख सहित जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृत सहित कर्मचारीहरु खटेर कोभिड–१९को संक्रमण रोकथाम र आईसोलेशन संचालन तथा केस ईन्भेष्टिगेशन, कन्ट्याक्ट ट्रेसिङ्ग लगायतका कार्यहरु गरिरहेका छन् ।
यस्तो संवेदनशिल घडिमा सिलिण्डर फिर्ताको विषयलाई लिएर केहि ब्यक्तिहरु फेसवुकमा भ्रमको खेती समेत गरिरहेको नगरपालिकाले जनाएको छ ।यसबारे जिल्ला प्रशासन कार्यालयले उक्त अक्सिजन सिलिण्डर प्रशासन कार्यालयमा झार्नुपर्नेमा भुलवस आईसोलेसन सेन्टरमा पुगेकाले सुरक्षाको दृष्टिकोणले प्रशासनले फिर्ता ल्याएको दावी गर्दै आएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

