नवलपरासी , २८ बैशाख ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एव प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कण्डेलले ६० थान अक्सिजन जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई हस्तान्त्रण गरेका छन् ।
नेता कण्डेलले पलहमा एनआरएनए कङ्गो शाखाको आर्थिक सहयोगमा उक्त अक्सिजन व्यवस्थापन गरि प्रशासन कार्यालयलाई बुझाइएको छ ।
नयाँ भेरियन्ट सहितको कोभिड–१९ को बढदो संक्रमणले जिल्लाबासीहरु सक्रमित भई अक्सिजनको अभावमा मृत्यु हुने गरेको छ त्यस मृत्युदरलाई रोक्न र जिल्लामा अक्सिजनको पुर्ति गर्ने उद्देश्यले नेता कण्डेलले व्यक्तिगत रुपमा पहल गरि २०० थान अक्सिजन सिलिण्डरको जोहो गरेका छन।

जसअन्तर्गत पहिलो चरणमा ६० थान अक्सिजन सिलिण्डर प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रलाई हस्तान्त्रण गरिएको कण्डेलका स्वकीय सचिव कमलकिसोर रायमाझीले जानकारी दिए ।
अक्सिजन सिलिण्डर लायन्स क्लब अफ बुटवल र लिओ क्लब अफ रामग्रामको व्यवस्थापनमा जिल्लामा ल्याई प्रशासनलाई हस्तान्तरण गरिएको छ।

अक्सिजन सिलिण्डर नेता कण्डेल बाहिर रहेकाले लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवाल,जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय,रामग्राम नगरपालिका कार्यपालिका सदस्य सुनिता श्रेष्ठ, लियो क्लब अफ रामग्राम अध्यक्ष विकाश घिमिरे, युवा सचेतना संस्थाका अध्यक्ष ईमामुल अलि लगायतले ६० थान अक्सिजन सिलिण्डर प्रशासनलाई हस्तान्तरण गर्दै थप अक्सिजनहरु चाँडै उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

अक्सिजनहरु जिल्लाका कोभिड अस्पताल र आईशोलेशन सेन्टरहरुमा व्यवस्थापन गरि संक्रमित विरामीहरुलाई दिईने छ । यसबाट तत्काल जिल्लामा अक्सिजनको अभाव हटने र विरामीहरुलाई निकै राहत हुने विश्वास गरिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

