उमेश बि.क / नवलपरासी ,२७ बैशाख
अाफु सुरक्षित रहेमात्र अरुलाई सुरक्षित बनाउन सकिन्छ भन्दै काेराेनाबाट बच्न जनसमुदायलाई सामाजिक दुरी बनाएर रहन सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी अाग्रह गर्नुभएको छ।
विश्वभर महामारीको रुपमा फैलीरहेको Covid-19 अर्थात Corona(कोरोना) virus को दाेस्राे लहरकाे प्रभाव दिनानुदिन बढिरहेको अवस्थामा हाल समुदाय स्तर उच्च जोखिमको सुचिमा रहेकोले काेराेनाबाट बच्ने उत्तम उपाय भनेको सामाजिक दुरी रहेको अध्यक्ष चाैधरीले बताउनुभयो ।
काेराेनाकाे प्रभाव नियन्त्रण र जोखिमबाट वच्न उच्च सतर्कता अपनाइ रहेको अवस्था रहेकोमा आम जनसमुदाय,सरोकारवाला पक्ष तथा नेपाल सरकार र स्थानीय तहबाट जारी सुचना तथा नियमलाई पुर्णरुपमा पालना गर्नुहुन अनुरोध समेत गर्नुभएको छ।
हाल समुदाय स्तरमा भयावह रुपमा काेराेना देखा परेकाे हुनाले सावधानी अपनाउन तथा नियम पालना गर्न समेत अनुराेध गर्नुभएको छ । मानव जिवनमा स्वास्थ्य सबैभन्दा ठुलाे धन भएको हुनाले अाफ्नाे स्वास्थ्य प्रती सबैले ख्याल राखेर स्थानीय तहले जारी गरेको निर्णय हामी सम्पुर्ण जनताको भलाइकाे लागि भएको हुनाले यसप्रति ध्यान दिन समेत अाग्रह गर्नुभएको हाे।
गाउँपालिका भित्र सन्चालन हुने हाटबजार ,मेला , सभासम्मेलन पुर्ण रुपमा राेक लगाइएको जानकारी गराउदै विभिन्न संघ संस्थाले सावधानी अपनाउदै समाजिक दुरी कायम गरि मास्क र सेनिटाइजरकाे प्रयाेग सहित अात्म सुरक्षामा ध्यान दिन अनुरोध गर्नुभएको हाे।
समुदाय स्तरमा काेराेना देखिएकाे हुनाले दैनिक कार्य सन्चालन गर्दा अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्ने ,साबुनपानीले हात धुने तथा सुरक्षाको उपाय अवलम्बन गर्ने अाग्रह गर्दै बेलैमा सचेचभई संक्रमणबाट बच्ने उपाय अपनाउनुहुन तथा सम्बन्धित निकायसँग हातेमालो गर्दै अगाडि बढ्नुहुन सम्पुर्ण गाउँपासिलाई अनुरोध समेत गर्नुभएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

