काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिए प्रतिनिधिसभा फेरि विघटन नहुने बताएका छन् ।
प्रतिनिधिसभामा विश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा ओलीले आफूलाई भोट नदिए संसद् विघटनतिर धकेलिने बताए ।
‘मलाई मत दिनुस् कसरी संसद् विघटन हुन्छ ? आफै मत नदिने, विघटनतिर धकेल्ने अनि दोष अरुलाई दिने,’ ओलीले भने । उनले प्रतिपक्षी दलहरूलाई सोधे, ‘आफै भीरतिर हाम फाल्ने अनि गुरुत्वाकर्षणलाई दोष दिने ?’
‘विश्वासको मत दिँएर स्थिरताको पक्षमा काम गरौं,’ ओलीले भने ।
पुस ५ गते प्रतिनिधिसभा विघटन गरी सर्वोच्चले पुनःस्थापना गरेको प्रतिनिधिसभासँग ओलीले जोड दिएर विश्वासको मत मागिरहेका छन् । उनले प्रतिपक्षी दलहरूलाई भने, ‘संसद्को स्थायित्वका लागि मुद्दा लडेर ल्याएको संसद् बचाउँ, भोट दिउँ ।’
एउटै प्रधानमन्त्री रहोस् र स्थायित्व होस् भनेर संविधानमा नै दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था रहेको पनि ओलीको भनाइ थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

