Rashtriya Dainik

मेराे मायाकाे मत्लब नराखेको मान्छे ।

प्रिय मान्छे ।
—–न्यानो माया अनि मिठो सम्झना .! सानु जीवनमा पहिलो प्रेमपत्र तिम्रो नाममा कोर्दैछु । तिम्रो न्यानो स्नेह र साथको आशमा। सायद तिम्रो मायामा म नजानिँदै फस्दैछु तर तिमिलाई केही मत्लब नै छैन ,मलाई साहरा दिइ बचाउने पनि मात्र तिमी छौ ।म पत्रको सुरुवातमै माफिको पात्र वन्न चाहान्छु किनकी यो पत्रमा म तिमिलाई तपाई भनेर सम्वोधन गर्दै छु ।

म यो पत्रमा तपाइैको लागि सम्वोदनका केही हरफहरु गास्न सकिन किनकी म सँग त्यो सम्वोधन र प्रेमी वचनहरुको ज्ञान छैन । तर पनि जानी नजानी तपाईले मेराे मायाकाे मत्लब नराखेको कारण प्रेम पत्र मार्फत जवाफ फर्काउदै छु ।
तिम्रो एकै नजरले मैले आफूलाई गुमाएँ। म नचाहेरै पनि तिमीतिर तानिएँ। तर तिमी ! तिमी त यो मेरो प्रेमबारे नै अनभिज्ञ छौ, नादान छौ। अचम्म लाग्छ, किन म तिमीसँग आँखा संग मेराे अाखाँ छुट्टाउनै सक्दिनँ। मेरा आँखा अनायसै लाग्छ, तिमी सामु हुँदा। मेरो जिउ शिथिल हुन्छ तिम्रो समीपमा आउँदा। के तिमीलाई मेरो यो अवस्थाको आभास हुँदैन? वा तिमी निर्दोष बनिरहेकी छौ सानु जानीजानी?

तिमी विश्वास गर या नगर मेरो माया सागर जस्तो निर्मल र पवित्र छ, बादल जस्तो शितल छ, वसन्तको सौन्दर्य जस्तो सुन्दर छ, गोधुली साँझ जस्तो शान्त छ अनि सुधा जस्तै अमर छ। तर मेरो मायालाई स्वीकार गर्नु या नगर्नु त्यो त तिम्रो इच्छा को कुरो सानु । तिमीले स्वीकार्यौ भने संसारको सबैभन्दा धेरै र ठुलो खुसी मिल्नेछ मलाई।
तिम्रो न्यानो काखमा असीम माया पोखिदिनेछु छताछुल्ल हुने गरी, अनि हराउनेछु तिमीभित्र।

दुःख अनि पिणाको विषयमा अध्ययन त गरेको छैन तर विगत वर्षौ देखी अनुभव बटुलीरहेको छु । मानिसलाई पिणा त्यतिबेला हून्छ । जब ठिक सोँचेको भन्दा विपरित भईदिनछ, आफ्नै सम्झनेले घात गरिदिन्छ । अनि अझ पिडा त्यहाँ निर हुन्छ अरुको आसुहरु रौक्नको लागि आफ्नो आँशुलाई कष्टै गरेर दबाउनु पर्दछ । त्यहाँनिर अलिकति मन दुःखेको महसुस भईदिन्छ । यही पाठ सिक्दैछु जिन्दगीबाट । भोगिरहेको छु दैनिक दिन चर्या सम्झेर ।

मलाई थाहा छ, मैले तिमीलाई निस्वार्थ प्रेम गरेको छु। मैले मेरा हरेक श्वासका झोंक्का तिमीप्रति समर्पित छ। अनि अत्यन्तै प्रगाढ र गाढा। म तिमीप्रतिको प्रेमले मेरा हरेक अवयवहरुमा सीञ्चित गरेर राख्नेछु अनि जिउने प्रयास गर्नेछु तिम्रै प्रेममा। मेरो मायामा स्वार्थ नै छैन अनि मैले तिमीलाई जबर्जस्ती पाउने चेष्ठा गरेको पनि छैन।
मेरा लागि प्रेम आत्मिय बन्धन हो, जहाँ मनसँग मनको गहिराइ नापिन्छ र यो अटुट रहन्छ। के तिमी मेरो यो मिठो अनुरोध स्वीकार गर्छौ? तिम्रो मायामा रम्ने हक दिन्छौ मलाई ? म तिम्रो जवाफ पर्खिरहनेछु, कालान्तरसम्म अनि यही निस्वार्थ प्रेम गरिरहनेछु।

बिवस काेईराला (देविराम )
मालारानी गाउँपालीका वडा नः२ डाडाँकटेरी अर्घाखाँची

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित